दशगजा क्षेत्रमा गाडिएको अवस्थामा मृत भेटिएका दुवै शब बाराका रहेको पर्सा प्रहरीको पुष्टी

साझेदारी दैनिक
206 पाठक संख्या

पर्सा स्थित नेपाल भारत सीमाको दशगजा क्षेत्रमा दुई जनाको गाडिएको अवस्थामा शव भेटिएको बारा जिल्लाका रहेको पुष्टि भएको छ ।

पर्सास्थित नेपाल भारत सीमाको दशगजा क्षेत्रमा गाडिएको अवस्थामा कलैया उपमहानगरपालिका–६ का ६० वर्षीय रामएकबाल पण्डित कुम्हार र अर्को शव बाराकै आदर्श कोतवाल गाउँपालिका–७ घर भई कलैयामा बस्दै आएका ४० वर्षीय सुरेश ठाकुर लोहारको रहेको हो ।

उनीहरुको शव गाडिएको अवस्थामा गत मँगलबार पर्साको जगरनाथपुर गाउँपालिका दशगजा नजिकै भेटिएको थियो ।दुबै जनाको शवलाई प्रहरीले खनेर निकालेको थियो ।

दुबै जनाको सो बेला पहिचान हुन नसकेपछि बिहीबार दुबै जनाको पहिचान खुलेको पर्साका प्रहरी प्रबक्ता डिएसपी दिपक भारतीले साझेदारी दैनिकलाई जानकारी दिए ।

पहिचान खुलेका दुबै जना बाराबाट सँगै पर्सा जिल्लामा गएको भनि खुलेको उनले बताए ।यद्यपि पोष्टमार्टम रिपोर्ट आई नसकेका कारण दुबै जनको मृत्युको यकिन कारण हालसम्म खुल्न नसकेको भारतीले बताए ।

घटनाको सम्बन्धमा पर्सा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a review

This will close in 0 seconds