सहकारीको ‘सामुदायिक विकास कोष’ परिचालन सम्बन्धमा छलफल

रञ्जन यादव
459 पाठक संख्या

जीतपुरसिमरा उपमहानगरपालिकाको आयोजनामा उपमहानगरभित्रका सहकारी संस्थाहरूमा भएको ‘सामुदायिक विकास कोष’ परिचालन गर्ने विषयमा सोमबार सहकारीका पदाधिकारीबिच छलफल भएको छ ।

छलफल कार्यक्रममा नगर प्रमुख राजन पौडेलले सामाजिक संस्थाहरूले समाजप्रति आफ्नो दायित्वबोध र सामाजिक उत्तरदायित्व बहन गर्ने ढङ्गले काम गर्नुपर्ने धारणा राख्दै सहकारी संस्थाहरूले सामाजिक विकास कोष सदस्यहरूको हितमा परिचालन गरिनुपर्नेमा जोड दिनुभयो ।

सहकारीहरुले बार्षिक रुपमा आर्जन गरेको खुद नाफाबाट जगेडा कोष ,पुँजी फिर्ता कोष र सहकारी प्रबद्र्धन कोषको रकम छुट्याएपछि बाँकी रकमलाई सय प्रतिशत मानी ५ प्रतिशत रकम सम्बन्धीत स्थानीय तहको सामाजिक क्षेत्रमा खर्च गनुृपर्ने प्रावधान छ ।

सोही अनुरुप प्रत्येक सहकारीले सामुदायिक बिकास कोषमा छुट्याईएको रकमबाट के,कस्तो सामाजिक कार्य गर्ने हो त्यसको बिवरण उपमहानगरपालिकालाई प्रदान गरी रातो किताबमा सुचिकृत भईसकेपछि उपमहानगरपालिकाको सहकार्यमा खर्च गर्नुपर्ने ब्यवस्था उपमहानगरपालिकाले लागु गरेको सहकारी तथा पर्यटन प्रबद्र्धन शाखा प्रमुख अधिकृत सुधन चौधरी जानकारी दिए ।

उपमहानगरपालिकाको स्वीकृतीमा सम्बन्धित सहकारीले नै उक्त रकम पुर्ब निर्धारित सामाजिक कार्यमा खर्च गर्ने अधिकृत चौधरीले बताए । स्थानिय विकासका काममा सहकारीहरुलाई पालिकासँग जोड्ने र सहकार्य गर्न पनि पूर्व स्विकृती जरुरी ठानिएको उपहानगरपालिकाको सहकारी तथा पर्यटन प्रबद्र्धन शाखाले जनाएको छ ।

बार्षिक रुपमा विभिन्न सामाजिक काममा ठुलै रकम र्खच गर्ने गरेका छन् । विद्यालय,स्वास्थ्य संस्था,विपन्न परिवारमा सहयोग,किसानलाई उपकरण,विउ लगायतका सामाग्री वितरणसँगै सिपमुलक तालिम तथा गोष्ठिमा ठुलै रकम खर्च गरिरहेका छन् ।

यद्यपी त्यसको तथ्याङ्क पालिकामा पाँईदैन । जस्का कारण सहकारी क्षेत्रको योगदानको मापन गर्न कठिन छ ।

त्यसैगरी विकासका काममा सहकारीहरुलाई पालिकासँग जोड्न र सहकार्य गर्न पनि यसले मद्दत पुग्ने नगर प्रमुख पौडेलले बिश्वास ब्यक्त गरे । उपमहानगरपालिकाको यस्तो कार्य प्रति सहकारीका प्रतिनिधिहरुले सकरात्मक धारणा ब्यक्त गरेका थिए ।

Leave a review