अवैध हतियारसहित तीन जना पक्राउ

संदिप प्रसाद यादव
498 पाठक संख्या

बारा प्रहरीले अवैध हतियारसहित तीन जनालाई पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा शनिबार जिल्ला प्रहरी कार्यालय बारा र प्रहरी चौकी बरियारपुरबाट खटिएको प्रहरी टोलिले जिल्लाको महागढीमाई नगरपालिका वडा नम्बर ११ मधुरीजब्दी बस्ने अन्दाजी ५४ वर्षीय रमजान अंसारीले आँप बगैचामा खाल्टो खनी जमिन मुनि लुकाई छिपाई राखेको अबैध हतियारसहित तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा जिल्लाको महागढीमाई नगरपालिका वडा नम्बर ११ मधुरीजब्दी बस्ने अन्दाजी ५४ वर्षीय रमजान अंसारी,सोही ठाउँमा बस्ने अन्दाजी २५ वर्षीय सुलतान अंसारी र अन्दाजी ४५ वर्षीय राम कृपाल साह रहेको प्रहरीले जनाएको छ ।

उक्त आँपको बगैचाबाट एक थान कटुवा पेस्तोल पनि प्रहरीले बरामद गरेको छ ।

हतियार बरामद गरी उक्त घटनामा संलग्न रहेका ३ जनालाई नियन्त्रणमा लिई हातहतियार तथा खरखजाना सम्बन्धि कसूरमा मुद्दा दर्ता गरी जिल्ला अदालत बारा कलैयाबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान कार्य भई रहेको बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिएका छन् ।

Leave a review

This will close in 0 seconds