हुलास स्टिल इन्डस्ट्रिज लिमिटेडले आफनो दोस्रो युनिट पर्सा बीरगंज महानगरपालिकाको बेलवामा सञ्चालनमा ल्याएको छ ।
विभिन्न प्रकारका स्टिलजन्य वस्तुको उत्पादन गर्दै आएको हुलास स्टिलले काठमाडौंस्थित कर्पोरेट कार्यालयसहित पोखरा,चितवन,विराटनगरलगायत शाखाहरूले आँखा परिक्षण,वृक्षारोपण तथा आर्थिक सहयोग प्रदान गरी सोमबार संस्थापक दिवस मनाउँदै कम्पनीले हुलास स्टिलको अर्को युनिट सञ्चालनमा ल्याएको हो ।
हुलास स्टील्सले आफ्नो स्थापना दिवसको अवसर पारेर सबै भन्दा ठुलो गल्वनाइजिङ युनिट स्थापना गरेर संचालनमा ल्याएको छ ।गल्वनाइजिङ युनिटको सोमबार नेपाल सरकारको उधोग बाणिज्य तथा आपुर्ति मन्त्री दामोदार भण्डारी र मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले संयुक्त रुपमा उद्घाटन गरे संगै हुलास स्टील्सको अर्को उधोग संचालनमा आएको छ ।
अत्याधुनिक प्रविधि,क्षमता र रोजगारी वृद्धि गर्दै पर्साको वीरगंज महानगरपालिका वडा न ३१ बेलवमा एक अर्ब भन्दा बढी लगानीमा हुलास स्टिलको अर्को युनिट स्थापना गरिएको कम्पनीको प्रमुख हिमांशु गोल्छाले जानकारी दिएको छ । नेपालमै पहिलोपटक विशाल र अत्याधुनिक ग्याल्भानाइजिङ प्रविधिसहितको उद्योग सञ्चालनमा ल्याइएको बताइएको छ ।
हुलास स्टील्सको दोश्रो युनिटको उद्घाटन गर्दै उधोग बाणिज्य तथा आपूर्ति मन्त्री भण्डारीले आर्थिक अवस्था खस्किदै गएको बेला समेत ठूलो आठ गरेर हुलास स्टील्स अर्को युनिट संचालनमा ल्याउनु खुशीको पल रहेको बताए ।उनले भने,हुलास स्टील्स संचालनमा ल्याएको दोश्रो युनिट बाट बेरोजगार भएका बसेका स्थानीयहरुले अब आफ्नै गाउँमा रोजगारी पाउने छ ।
त्यस्तै हुलास स्टील्सको दोश्रो युनिट उद्घाटन कार्यक्रममा बोल्दै मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले बारा,पर्सा जस्तै सिरहा सप्तरी तिर पनि उधोग खोल्नको लागि पर्याप्त जग्गा रहेकोले यता तिर पनि उधोग संचालनमा ल्याउने पर्नेमा जोड दिए ।
सिरहा सप्तरी तिर पनि हजारौ बिघा जग्गा उधोग संचालन गर्ने खालको रहेकोले उधोग संचालन गर्न् उधोगीलाई मधेश प्रदेश सरकारले सहजीकरण समेत गर्दिने मुख्यमन्त्री संघले बताए ।ट्रान्समिसन लाइनका लागि आवश्यक पर्ने टावरहरू र अत्याधुनिक प्रविधिबाट नेपालमै पहिलोपटक अब १३ मिटर सम्मका पोलहरू उक्त उद्योगबाट उत्पादन हुने जानकारी कम्पनीले दिएको छ ।
देशलाई औद्योगिकीकरण र रोजगारी तर्फ उन्मुख गराउने स्व.दिवाकर गोल्छाको चाहना स्वरुप देशका विभिन्न स्थानहरुमा कर्कटजस्तापात तथा पाईप,जूट,चिनी,खाद्यान्न,आल्मुनियम,स्टील युटेन्सील,जिआई,आल्मुनियम,कप्पर वायर तथा इलेक्ट्रोनिक्स बस्तुहरु उत्पादन गर्ने उद्योगहरुको स्थापना गरी लगभग २० हजार जनालाई रोजगारी प्रदान गर्दै आएको दिवाकर गोल्छा अर्गनाईजेशनका अध्यक्ष हितेश गोल्छाले बताए ।
गुणस्तरिय कर्कटजस्तापाता स्वदेश मै उत्पादन गरी खरको छानालाई विस्थापित गर्ने अभिप्रयाले नेपालको पहिलो स्टील उद्योगका रुपमा स्थापना भएको हुलास स्टील ईण्डष्ट्रिज लिमिटेड ले आफ्नो ४३ वर्षको यात्रामा देशको अर्थतन्त्र र रोजगारी प्रदानमा उल्लेख्य योगदान गरेको छ ।
हाल हुलास स्टिलले देशका विभिन्न स्थानमा कर्कट जस्ता पात तथा पाइप,जुट,चिनी,खाद्यान्न,आल्मुनियम,स्टिल युटेन्सिल,जीआई,आल्मुनियम,कप्पर वायर तथा इलेक्ट्रोनिक्स वस्तुहरू उत्पादन गर्दै आएको छ । ४३ वर्ष पहिले स्थापित हुलास स्टिलले २० हजार जनालाई प्रत्यक्ष रोजगारी दिएको छ ।

