७५ लाख १० हजार बराबरको अबैध समानसहित ट्रक प्रहरीको नियन्त्रणमा

संदिप प्रसाद यादव
257 पाठक संख्या

बारा प्रहरीले ७५ लाख १० हजार बराबरको अबैध समानसहित ट्रकलाई नियन्त्रणमा लिएको छ ।

विशेष सूचनाको आधारमा बुधबार राति प्रहरी चौकी पथलैयाबाट प्रहरी वरिष्ठ नायब निरीक्षक नरेश बहादुर शाहीको कमाण्डमा खटिएको प्रहरी टोलिले जिल्लाको जीतपुर सिमरा उप-महानगरपालिका वडा नम्बर १ पथलैया स्थितमा वीरगंजबाट काठमाण्डौँ तर्फ जादै गरेको प्र.२-०३-००१ ख ३६८९ नम्बरको ट्रकलाई रोकी चेज जाँच गर्ने क्रममा उक्त अबैध समानसहित ट्रकलाई नियन्त्रणमा लिइएको हो ।

उक्त ट्रकमा बिल भरपाई भन्दा बढि समानको स्रोत खुलाउन नसकेको अन्दाजी मुल्य रू. ७५ लाख १० हजार ८ सय ९६ रूपैया बराबरको लोड रहेको मोविल,कस्मेटिक,मेशनरी पार्ट,ब्याट्री,चना र अन्य सामानहरु बरामद गरेको प्रहरीले जनाएको छ ।

अन्य सामानहरु सहित ट्रकलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाईएको प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बिहीबार एक प्रेस जारी गर्दै यस बारे जानकारी दिएका हुन् ।

Leave a review

This will close in 0 seconds