अवैध सामान प्रहरी नियन्त्रणमा

साझेदारी दैनिक
281 पाठक संख्या

वीरगञ्जको बिभिन्न स्थानबाट जाँचको क्रममा पर्सा प्रहरीले अबैध सामानहरु नियन्त्रणमा लिएको छ ।

वडा प्रहरी कार्यालय श्रीपुरले वीरगञ्ज महानगरपालिका–१५ प्रतिमा चोकबाट २५ हजार बराबरको कपडा बरामद गरेको हो ।

वीरगंज महानगरपालिका– १६ ईनर्वागाँउ स्थित सडकखण्डबाट १५ हजार नौ सय रुपैयाँ बराबरको मेसिनरी पार्ट पुर्जाहरु इनर्वा प्रहरी चौकीले नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा लिइएको सामानहरुलाई आवशयक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाईने पर्साका प्रहरी प्रबक्ता प्रहरी नायब उपरीक्षक दिपक भारतीले साझेदारी दैनिकलाई जानकारी दिए ।

Leave a review

This will close in 0 seconds