कलैया वितरण केन्द्रको विद्युत अवरुद्ध हुने

संदिप प्रसाद यादव
510 पाठक संख्या

नेपाल विद्युत प्राधिकरणले आज बाराको कलैयामा विद्युत अवरुद्ध गर्ने भएको छ ।

प्रसौनी वीरगञ्ज १३२ केभिए भूमिगत प्रसारण लाइन आयोजना अन्र्तगत कन्ट्रोल विल्डिङ्ग निर्माण गर्न विद्युत अवरुद्ध हुने भएको हो ।

सोमबार विहान सातवजेदेखि नौ बजेसम्मको लागि ३३ केभि कलैया फिडर सर्ट डाउन हुने भएको एक सूचना द्वारा जानकारी दिइएको हो ।

कलैया ३३/११ केभि कलैया सवस्टेशनबाट सञ्चालित सम्पूर्ण लाइन अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण बारा कलैयाले जनाएको छ ।

Leave a review

This will close in 0 seconds