गौरमा कृषि तथा पशु सेवा केन्द्र निर्माण हुदै

साझेदारी दैनिक
408 पाठक संख्या

रौतहट जिल्लाको गौरमा कृषि तथा पशु सेवा केन्द्रको भवनको निर्माण हुने भएको छ ।

ग्रामीण उधम तथा आर्थिक विकास परियोजना काठमाडौको आर्थिक सहयोग गौरमा निर्माण हुन लागेका उक्त भवनको शुक्रबार एक कार्यक्रमवीच शिलान्यास गरिएको छ ।

करिब दुई करोड चालिस लाख तीस हजार रुपैयाँको लागतमा बन्न लागेको उक्त तीन तल्ले भवनको गौर नगर प्रमुख शम्भु साहले शिलान्यास गरेका छन ।

निर्माण हुने उक्त भवनमा कृषि प्रयोगशालाबाट माटो परिक्षण,पोखरीको पानीको परिक्षण,विउको परिक्षण,बाली तथा फलफुलमा लाग्ने रोग किराको परिक्षण,मलखाद परिक्षण हुने जनाईएको छ।

यसैगरी सोही भवनको पशु प्रयोगशालाबाट गोबर परिक्षण,पशुको रगत तथा पिसाब परिक्षण पशुको शल्यक्रिया,कृत्रिम गर्भाधारण,पशुको अल्ट्रासाउन्ड,एक्स–रे लगायतका काम हुने गौर नगरपािलकाका प्रमुख प्रशासकीय अधिकृत सुभाष कुमार ठाकुरले जानकारी गराएका छन ।

सिएम कन्ट्रकसन जोरपाटी काठमाडौंले सो भवन निर्माणका ठेक्का पाएका छ । २०८२ साल बैशाख मसान्तभित्र निर्माण कार्य सम्पन्न गर्नु पर्ने सम्झौतामा उल्लेख छ । १० वटा कोठा रहेको सो भवनको भुई तल्लामा कृषि र पशुको अत्याधुनिक ल्याव,पहिलो तल्लामा ५० जना अटने सभाकक्ष र दोस्रो तल्लामा अतिथि गृह रहने प्रमुख प्रशासकीय अधिकृत ठाकुरले जनाए ।

Leave a review

This will close in 0 seconds