नकबजनी चोरी मुद्दामा फरार प्रतिवादी पक्राउ

संदिप प्रसाद यादव
252 पाठक संख्या

बारा प्रहरीले नकबजनी चोरी मुद्दामा फरार रहेका एक जना प्रतिवादीलाई पक्राउ गरेको छ ।

प्रहरीको कारवाही सिलसिलामा जिल्ला प्रहरी कार्यालय बाराका मातहत ईलाका प्रहरी कार्यालय जितपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला अदालत बाराबाट मुद्दामा बरदात पश्चात फरार रहेका प्रतिवादी लुकिछिपि बसेको अवस्थामा खोजतलास गरी पक्राउ गरेको हो ।

प्रहरीले नकबजनी चोरी मुद्दामा अदालतबाट एक महिना १५ दिन कैद र १५ हजार चार सय ५० रुपैयाँ जरिवाना पाएका जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ९ छातापिपरा बस्ने ४६ वर्षीय फेकु चौधरी भन्ने कुमार गौरव चौधरीलाई पक्राउ गरेको छ ।

उनलाई पक्राउ गरी आवश्यक कानुनी प्रकृया अगाडी बढाईएको प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएका हुन् ।

Leave a review

This will close in 0 seconds