हातहतियार,गोली र नक्कली नोट सहित दुई जना पक्राउ

संदिप प्रसाद यादव
393 पाठक संख्या

कलैया : सर्लाही प्रहरीले हातहतियार, गोली र नक्कली नोट सहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको बिहार, सितामढी जिल्ला,मेजरगंज थाना,बसविटा ग्रामपंचायत, रसुलपुर गाँउ बस्ने २६ वर्षीय कुन्नु पटेल र सोही ठाउँमा बस्ने ३० वर्षीय मुकेश पटेल रहेका छन्।

जिल्लाको गोडैता नगरपालिका वडा नम्बर १२ स्थित भारतको मेजरगंजबाट नेपालको मधुवनीगाउँ तर्फ आउने सडक खण्डमा अवैध हात–हतियार र खोटा मुद्रा समेतको ओसार पसार हुन सक्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब निरिक्षक सुभाष यादवको कमाण्डमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

भारततर्फबाट आउने सवारी साधन तथा पैदल यात्रीहरु समेतलाई रोकी चेकजाँच गर्ने क्रममा दुबै जनालाई पक्राउ गरेको हो ।

भारत तर्फबाट नेपालको मधुवनीगाउँ तर्फ आउँदै गरेको उनीहरुलाई जाँच गर्दा उनीहरुको साथबाट हतियार, गोलीहरु र खोटा मुद्रा समेत प्रहरीले बरामद गरेको छ ।

उनीहरुको साथबाट फलामको घरेलु नलकटुवा पेस्तोल १ थान, के.एफ एमएम लेखिएको राउण्ड (गोली) ६ थान, के.एफ ९ एमएम लेखिएको राउण्ड (गोली) ४ थान, रु.एक हजार दरको नक्कली जस्तो देखिने नेपाली नोट,१० थान बण्डलमा रु.एक हजार दरको नक्कली नोट (खोटा मुद्रा २० (बिस) थान प्रहरीले बरामद गरेको छ ।

दुबै जनालाई पक्राउ गरी सर्लाही जिल्ला अदालतबाट दिन ७ (सात) को म्याद लिइ थप अनुसन्घान भईरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ

Leave a review

This will close in 0 seconds