किराना व्यापार संघ कलैयाद्वारा उद्योग वाणिज्य संघको निर्वाचन बहिष्कारको गरियो निर्णय

साझेदारी दैनिक
262 पाठक संख्या

कलैया : किराना व्यापार संघ कलैयाले बारा उद्योग वाणिज्य संघको असोज ५ गते हुने निर्वाचन बहिष्कारको निर्णय गरेको छ ।

संघ कलैयाको सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो। आफूसँग आवद्ध भएर निर्वाचनमा भाग लिएका र आफ्ना संघमा आवद्ध सदस्यहरुले दिएको उम्मेदवारी फिर्ता गरी निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको पत्रकार सम्मेल गरी संघले जानकारी गराएको छ।

कोषाध्यक्ष पदका उम्मेदवार राजेश गुप्ता,सचिव पदका उम्मेदवार दिपलाल साह,सदस्यपदको लागि उम्मेदवारी दिएका दिनदयाल साह,संजयकुमार पटेल,देव कुमार साह,शोभाकुमारी सर्राफ,अन्जनी कुमार साह,विशाल कुमार साह र बाबु योगेन्द्र कुमारको उम्मेदवारी फिर्ता गराइएको संघका अध्यक्ष सुनिल कुमार साहले पत्रकार सम्मेलनमा बताए।

उद्योग वाणिज्य संघ बारा हाम्रो लागि आवाज उठाउने संस्था रहेको जनाउँदै संघका पदाधिकारीहरुले आक्रमण गर्ने,अभद्र व्यवहार गर्ने,कुटने लगायतका गतिविधि गरेको कारण बाध्य भएर उम्मेदवारी फिर्ता सँगै निर्वाचन बहिष्कार गरेको उनले पत्रकार सम्मेलनमा बताए।

यस्तो परिस्थितिमा संघमा रहेर पनि कुनै काम नरहेको जनाउँदै निर्वाचनमा भाग लिन जाँदा कुटाई खानुपर्ने,गाली खानुपर्ने परिस्थितिको विद्यमानता रहेको छ।

उद्योगी व्यापारीहरुको हक अधिकार र सुरक्षाको लागि स्थापना भएको उद्योग वाणिज्य संघ हामी माथि नै खनिएको जनाउँदै बाध्य भएर यस्तो कदम उठाउनु परेको उनले बताए।

महासचिवको उम्मेदवार सन्तु साहको पसल अगाडी उम्मेदवारी फिर्ता लिएको विषयमा कुराकानी भइरहेको बेला अचानक उपाध्यक्ष पदका उम्मेदवार गोल्डेन भन्ने प्रदीप साह आई सचिव पदमा उम्मेदवारी दिएका दिपलाल साहमाथि आक्रमण गरेको उनको दावी रहेको छ।

सम्झाउँदा बुझाउँदा समेत नमानी किराना व्यवासी संघका सदस्यहरुलाई तथानाम गालीगलौज गरेको कारण बाध्य भएर यस्तो निर्णय लिनु परेको दावी उनले गरे। बारा उद्योग वाणिज्य संघमा वाणिज्य तर्फ पाँच सय ७२ र उद्योग तर्फ ९२ जना मतदाता रहेका छन्।

Leave a review