लामछिानेलाई पक्राउ गर्न बाट बचाउन रास्वपा पर्साले बुझायो ज्ञापन पत्र

राम मण्डल
311 पाठक संख्या

वीरगञ्ज : रास्वपा पर्साले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामछिानेलाई पक्राउ गर्नबाट बचाउन मंगलबार ज्ञापन पत्र बुझाएको छ।

पार्टीले जिल्ला प्रशासन कार्यालय पर्सा मार्फत प्रधानमन्त्री कार्यालयलाई ज्ञापन पत्र बुझाएको हो। ज्ञापनपत्र दिन विभिन्न नाराहरु लेखिएको प्लेकार्ड सहित जिल्ला प्रशासन कार्यालय रास्वपा पुगेको हो।

रास्वपा पर्साका संयोजक हरि पन्त नेतृत्वको नेता कार्यकर्ताको टोलीले ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्रमा संसदीय छानविन समितिको प्रतिवेदनमा पार्टी सभापति लामिछानेको सहकारी रकम ठगी तथा हिनामिनामा कुनै पनि किसिमको संलग्नता नरहेको उल्लेख गरिएको छ।

उनले ब्यक्तिगत रूपमा कुनै पनि सहकारीबाट ऋण नलिएको ऋणका लागि निबेदन समेत नदिएको कुरा स्पष्ट रुपमा उल्लेख रहेको छ।

लामिछाने माथी धरकपकड र थुनछेक गरिने परिस्थिति सृृजना गर्न लागिएको उल्लेख छ। सत्ता र शक्तिको दुरुपयोग गरी ऐन कानुन विपरित गएर राजनीतिक प्रतिशोध साधिए त्यसबाट उत्पन्न असहज परिस्थितिको जिम्मेवार सरकार हुने ज्ञापन पत्रमा चेतावनी दिइएको छ।

ज्ञापन पत्र बुझाउन गएका नेताहरुले ८७ अर्ब ठग्ने असली सहकारी ठगहरुलाई कारवाही गर,रवि लामिछाने निर्दोष छन,राजनीतिक प्रतिशोध साध्न पाईदैन,सहकारी पिडीतको ८७ अर्ब रुपैया फिर्ता गर,सहकारी पिडीतको रकम फिर्ता गर लगायतका नाराहरु लेखिएको प्लेकार्ड बोकेका थिए ।

Leave a review