खुल्ला रक्तदान कार्यक्रममा एघार महिलासहित एकहत्तरी जनाले गरे रक्तदान

संदिप प्रसाद यादव
658 पाठक संख्या

कलैया : राजदेवी साङ्गीतिक समूहको २१ औं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित खुल्ला रक्तदान कार्यक्रममा ११ महिलासहित ७१ जनाले रक्तदान गरेका छन्।

बाराको कलैया उपमहानगरपालिका वार्ड नम्बर –१ मा रहेको राजदेवी मन्दिरको प्राङ्गणमा शनिबार आयोजित खुल्ला रक्तदान कार्यक्रममा उनीहरुले रक्तदान गरेका हुन्

प्रादेशिक अस्पताल कलैयाको ब्लड बैंक शाखाको प्राबिधिक सहयोगमा उक्त रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

सो कार्यक्रमको प्रमुख अतिथि कलैया उपमहानगरपालिकाका पूर्व नगर प्रमुख एवम् नेपाली कांग्रेस पार्टी बाराका सभापति राजेशराय यादवले एक समारोहवीच रक्तदान कार्यक्रमको उद्घाटन गरेका हुन्।

ब्लड बैंकमा रगतको अचानक अभाव भएकोले महालक्ष्मी विकास बैंक लि. कलैया शाखाको प्रायोजन तथा राजदेवी साङ्गीतिक समूहको आयोजनामा सो कार्यक्रम भएको हो।

उक्त रक्तदान कार्यक्रममा ११ महिला तथा ६० जना पुरुषले रक्तदान गरेको महालक्ष्मी विकास बैंक कलैया शाखाका कर्जा प्रमुख विपिन चौधरीले जानकारी दिएका छन् ।

प्रादेशिक अस्पताल कलैया ब्लड बैंक शाखाका प्रमुख नजदा खातुनका अनुसार रक्तदान गर्ने महिलामा मनिशा चौधरी,नितुकुमारी यादव,पवित्रा कुमारी,जुलिकुमारी श्रीवास्तव,रितु कुमारी, प्रभा देवी कनुईन,सहनाज खातुन,सुनिता कुमारी,सुधा सिंह लगायतकाले रक्तदान गरेका हुन्।

सो कार्यक्रममा रविन मण्डल,पवन मिश्र,धोरीप्रसाद यादवले रक्तदान गरेका हुन्। रक्तदान जीवन दान भन्दै सुवोधराज साह,साजन गुप्ता,सुधा सिंह,दिपक सिंह चौहान,हरिओम ठाकुर, ज्ञानेश्वरप्रसाद यादव,सोनालाल भगत,संजयप्रसाद साहले रक्तदान गरेका हुन्।

रक्तदान गर्नेमा मुन्ना साह,अफताब आलम,नन्दकिशोर साह तेली,राजनकुमार डंगोल,रामेश्वर साह कलवार,सिद्धार्थ गुप्ता रहेका हुन्। सो कार्यक्रममा मनोहर महतो,रामविनय कुशवाहा,कुमार वनियार रणधिर,देवनारायणप्रसाद साह,रितेशराज पौडेल,मनिषकुमार साह,सुजित केशरी,प्रवेज आलम,सागर सिंह,शिरीष अधिकारी,ओमप्रकाश कुशवाहा,युगलकिशोर चौधरीले सो कार्यक्रममा रक्तदान गरेका हुन्।

यस्तै सो कार्यक्रममा अर्जुनबहादुर राउत,मुकेशकुमार साह,राजुप्रसाद महतो,सन्दिपकुमार साह,सुकेश गिरि,निरजकुमार नेपाली,संजयकुमार पटेल,रिकि शर्मा,हरिन्द्र पासवान,शिवजी ठाकुर, मुरारी सरार्फ,दिनेश साह,कृष्णप्रसाद साह,मनिषराज पटेल,अमरजित यादव,रामराज पौडेलले रक्तदान गरेका हुन्।

सो कार्यक्रममा धिरेन्द्र शर्मा,सुनिल कुमार,सुनिलकुमार पटेल,अम्बिकाप्रसाद यादव,जितेन्द्र मण्डल,बर्मानन्द यादव,रौनी यादव,रन्जन कुमार,संगीत पटेल,रामबालक महतो,मुन्ना पटेल, कर्दमकुमार श्रेष्ठ,धर्मेन्द्र चौधरी र सोनुकुमार गुप्ता लगायतले रक्तदान गरेका हुन्। रक्तदान गरौं, जीवनदान गरौं भन्ने मूल नाराका साथ रक्तदान गरेका हुन् ।

राजदेवी साङ्गीतिक समूहका अध्यक्ष निरज नेपालीको अध्यक्षतामा सो कार्यक्रम भएको हो। उक्त कार्यक्रममा महालक्ष्मी विकास बैंक कलैया शाखाका प्रमुख अरुणकुमार यादव,कलैया उपमहानगरपालिका वार्ड नम्बर –१ का वार्ड अध्यक्ष मोहनबहादुर क्षेत्री,ग्यालेक्सी पब्लिक स्कुल कलैयाका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महाबिर रिसाल,बारा उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार साह, राजदेवी मन्दिर व्यवस्थापन समितिका कोषाध्यक्ष निरन्जन अग्रवाल,नेपाली कांग्रेस क्षेत्र नम्बर –४ ख का क्षेत्रीय सभापति लोकेश सिंहको विशेष उपस्थिति रहेको हो।

सो कार्यक्रममा समाजसेवी,समूहका पदाधिकारी,बैंकका कर्मचारी,प्रादेशिक अस्पताल कलैया ब्लड बैंकका कर्मचारी,सञ्चारकर्मीहरु लगायतको उपस्थिति रहेको थियोे ।

सो कार्यक्रमको संचालन समूहका सदस्य लक्ष्मी भट्टराईले गरेकी थिइन्।

Leave a review

This will close in 0 seconds