विद्यार्थी संघको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

संदिप प्रसाद यादव
564 पाठक संख्या

कलैया : नेपाल विद्यार्थी संघ बाराको शुभ दिपावली,तिहार र छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको कानु समाजको सभा हलमा नेपाल विद्यार्थी संघ जिल्ला कार्य समितिको आयोजनामा रहेको शुभ दिपावली,तिहार र छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान आइतबार एक कार्यक्रम बीच सम्पन्न भएको हो ।

नेपाल विद्यार्थी संघ बाराका जिल्ला अध्यक्ष प्रवीण पटेलको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी नेपाली कांग्रेस पार्टी बाराका जिल्ला सचिव राजेश रौनियार रहनु भएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवम् नेपाली कांग्रेस पार्टी बाराका जिल्ला सचिव राजेश रौनियारले नेपाली कांग्रेसमा व्यापक सुधार ल्याउनुगर्नु पर्ने बताएका छन् ।

नेपाली कांग्रेसमा विधि विधान सम्बद्ध मिचेर क्रियासिल सदस्यता वितरण गरिएको छ त्यसलाई १ हप्ता भित्र फिर्ता गरि विधि विधान अनुसार वितरण गर्न आग्रह गरेका छन् । सचिव रौनियारले श्री नारायण यादवको हत्यारालाई तत्काल पक्राउ गरी कारवाही गर्न माग गरेका छन्

उनले शुभ दिपावली,तिहार र छठ पर्वको शुभकामना समेत ब्यक्त गरेका छन् ।

कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सह सचिव प्रमोद यादव,पुर्व क्षेत्रीय सभापति फुलमहम्मद मन्सुर,राजेश सिंह,नेबिसघ का केन्द्रिय सदस्य हरि ओम साह,बिनय राज शर्मा,प्रभात सिंह,प्रशान्त रौनियार लगायतले शुभकामना मन्तव्य राखेका थिए।

उक्र कार्यक्रममा नेबिसघ जिल्ला कार्य समितिका पदाधिकारी,सञ्चारकर्मी,नेता तथा कार्यकर्ताहरु लगायतको उपस्थिति रहेको थियोे ।

Leave a review

This will close in 0 seconds