छयानव्वे जनाले गरे रक्तदान

साझेदारी दैनिक
346 पाठक संख्या

वीरगञ्ज : पर्साको कालिकामाई गाउँपालिकामा शनिबार रक्तदान कार्यक्रम भएको छ।

सो कार्यक्रममा पाँच जना महिला सहित ३९ जनाले रक्तदान गरेका छन्।

गाउँपालिकाको वडा नम्बर ३ हरिहरपुर बिर्तामा रक्तदान कार्यक्रममा कृति कुमारी,निभा देवी,रागिनी कुमारी महतो,शैलेन्द्र त्रिपाठी,बिकास साह तेली,बद्री साह,राम बिश्वास महतो,विकाश पटेल,लागायतकाले रक्तदान गरेका हुन्।

रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रेशमकोठी एवं रक्तसंचार केन्द्र वीरगञ्जका प्राबिधिकले सहयोग गरेका थिए।

यसैगरि बाराको बिश्रामपुर गाउँपालिकामा आयोजित कार्यक्रममा पाँच जना महिलासहित ५७ जनाले रक्तदान गरेका छन्। गाउँपालिकाको वडा नम्बर ४ बलिरामपुरमा रक्तदान भएको हो।

सो कार्यक्रममा बिपिन गुप्ता,निप्पु प्रसाद गुप्ता,सन्तोष कुमार महतो,सुरज कुमार कलवार,श्याम नारायण साह,देव कुमार महरा,सत्रुधन प्रसाद कलवार,प्रेमचन्द्र प्रसाद साह,बिक्रम राम, मन्टु प्रसाद गुप्ता,रोहित महतो,तिर्थराज कुमार राम लगायतले रक्तदान गरेका हुन्।

सामाजिक विकास सेवा समितिका अध्यक्ष प्रदीप कुमार गुप्ताको प्रमुख आतिथ्यतामा रक्तदान कार्यक्रमको सम्पन्न भएको थियो।

Leave a review

This will close in 0 seconds