प्रदेश दुईका आठ वटै जिल्ला डुवानमा,दुई सय १९ घरपरिवारका करिब आठ सय ४५ जना विस्थापित

साझेदारी दैनिक
साझेदारी दैनिक 479 पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

लगातार परेको बर्षाका कारण प्रदेश नम्बर दुईका जिल्लाहरु प्रभावित भएका छन ।तीनदिनदेखी देश भर परेको भारी बर्षाले प्रदेश नम्बर दुईका ८ जिल्लाका अधिकांश भागहरु डुबानमा परेका छन ।

बर्षाका कारण मंगलवारसम्म मानवीय क्षति नभएपनि सप्तरीमा एक जना र महोत्तरीमा एकजा गरि दुई जना घाईते भएको प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जानकारी गराएको छ । प्रहरीका अनुसा प्रदेश भरी दुई जना बेपत्ता भएका छन भने ३८ घर पुर्ण रुपमा क्षति भएको जनाएको छ ।

अविरल बर्षाका कारण मंगलवारसम्म दुई सय १९ घरपरिवारका करिब आठ सय ४५ जना विस्थापित भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । बाढी पहिरोबाट हुन सक्ने विपदका लागि प्रदेशभर करिब दुई हजार आठ सय १० जना सुरक्षाकर्मीहरु परिचालन गरेको पनि प्रदेश प्रहरीले जानकारी गराएको छ ।

लगातारको बर्षाले प्रदेश अन्र्तगत सप्तरी जिल्लाको हनुमानगर नगरपालिका, छिन्नमस्ता वलानविहुल, तिलाठीकोईलाडी, गाउँपालिका बढि प्रभावित बनेका छन । यस्तै धनुषा जिल्लाको मिथिला नगरपालिका, महोत्तरी जिल्लाको जलेश्वर, मटिहानी नगरपालिका, सर्लाही जिल्लाको बागमति, ईश्वरपुर नगरपालिका, चक्रघटा गाउँपालिका, रौतहट जिल्लाको चन्द्रपुर, गरुडा नगरपालिका र बारा जिल्लाको. पचरौता, सुवर्ण गाउपालिकामा बढि प्रभाव परेको छ ।

पानीले धनुषा स्थित मिथिला नगरपालिका ७ स्थित २ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र जनकपुरको जग्गामा निर्माणधिन रहेको ईटाको पर्खाल भत्काएको छ । यसैगरी बारा जिल्लाको कोल्हबी नगरपालिका ९ पडरी स्थित सिम्रौनगढ–तामागढी सडक खण्डमा पर्ने निर्मानधीन पक्की पुलको छेउमा ३ वटा होम पाईप राखी बनाएको डाईभर्सन भत्केको छ ।

यस्तै बाराकै जीतपुरसिमरा उपमहानगरपालिका २१ अन्र्तगत पर्ने पुब–पश्चिम लोक मार्ग सडक खण्डको १ नम्बर पुल देखी ५सय मिटर उत्तरतर्फ सडकको बायाँतर्फ करिब २५ मिटर सडक भासिएको समेत प्रदेश प्रहरी कार्यालयले जानकारी गराएको छ ।

समाचार शेयर गर्नुहोस
Leave a review