बीरगंज : विगतको वर्ष झैं यसवर्ष पनि “प्रेम सबैलाई गरौं घृणा कसैलाई नगरौ” भन्ने मूल नाराको साथ अहमदिया समुदायको नवौं वार्षिक भेला सम्पन्न भएको छ।
दुई दिने नवौंं वार्षिक जलसा सालाना समारोह पर्साको विन्दवासिनी गाउँपालिका वडा नं.५ प्रसौनी भाट्ठास्थित श्री मसरुर पब्लिक आधारभूत विद्यालयको प्राङ्गणमा भएको हो। अहमद संघ नेपालका अध्यक्ष मोइन अहमदको अध्यक्षतामा सो सभा शनिबार सम्पन्न भएको हो।
यस समारोहमा नेपालको विभिन्न जिल्लाहरुबाट अहमदिया समाज का सदस्यहरुलगायत यो संस्थाको पदाधिकारीहरुको सहभागिता रहेको थियो । पुर्व प्रदेश सभा सदस्य प्रह्लाद गिरी,पकहाँ मौनपुर गाउँपालिका का अध्यक्ष सुरेश महतो,जसपाका नेता तवरेज अहमद,धर्मगुरु सिख समाजका हरमिद सिंह,ओम शान्तिका प्रवक्ता कुवेर कुमार,कृश्चचन समाजका प्रेम प्रसाद घिमिरे वडा अध्यक्ष लगायत विभिन्न धार्मिक गुरुहरु,बुद्धिजिवीहरु र समाजसेवीहरुको सो जलसामा सहभागिता रहेको हो।
यो समारोहमा आएका जनप्रतिनिधि र धर्मगुरुहरुले अहमदिया संघ नेपालद्वारा विगत २७ वर्षदेखि गरिरहेको मानव सेवा र समाज सेवाका कार्यहरुलाई प्रशंसा गरेका थिए। विश्वमा शान्तिको स्थापनाको लागि अहमदिया समुदायको प्रयास प्रशंसनीय रहेको कुरा महम्मद नसिम खानले भने।
यस प्रकारको समारोह मानवता कायम गर्नको लागि यस प्रकारको कार्यक्रमको जरुरी रहेकोमा वक्ताहरुको जोड रहेको थियो।
अहमदिया संघ नेपालद्वारा पर्साको विदवासिनी गाँउपालिकामा स्थापित सार्वजनिक शैक्षिक गुट्ठी श्री मसरुर पब्लिक आधारभूत विद्यालयद्वारा निःशुल्क शिक्षा दिने कार्यलाई अमूल्य समाज सेवा रहेको चर्चा गरिएको थियो। यस समारोहमा सहभागि सबै धर्मगुरुहरुले संसारमा मानवता र शान्ति कसरी स्थापित गर्ने कुरामा आ–आफ्नो विचार एउटै मन्चबाट साझा गरेका थिए।
वर्षमा कमसेकम केही दिन यस्तो सुनिश्चित गर्नु थियो कि सबै धर्मसँग आबद्ध व्यक्तित्वहरु एक आपसमा बसेर स्रष्टालाई सम्झोस । सम्मेलनमा जसमा मानविय आचार संहिताको रक्षागर्ने, राष्ट्रीय एकता अखण्डता एवं धार्मिक सहिष्णुताको बारेमा चर्चा गरिएको छ।
जमाअतको नारा “प्रेम सबैलाई गरौं, घृणा कसैलाई नगरौं” लाई समस्त संसारमा फैलाउनु प्रयास गरिने अहमदीया संघका राष्ट्रिय अध्यक्ष कमरुल होदा अन्सारीले बताए।
\
अहमदिया मुस्लिम जमाअत एक विशुद्ध धार्मिक तथा अध्यात्मिक जमाअत भएको उनले जनाए। जसको राजनैतिक कुनै उद्देश्य नरहेको उनले जनाए। यो जमाअत यसवेला विश्वको २१६ वटा देशहरूमा विर्सीएर अलमलमा परेको मानव जातिहरूलाई अल्लाह तआलाको उपासना को साथै एक आपसमा प्रेम तथा एकतामा आबद्ध गर्ने कार्यक्रम संचालन गर्दै आएको छ।
यस जमाअतलाई वर्तमानमा पाँचौं(खलीफा) आध्यात्मिक उत्तराधिकारी नेतृत्व हजरत मिर्जा मसरूर अहमद ले नेतृत्व प्रदान गरिरहेका छन्। धर्मको कुनै भेदभाव नगरिकन मानव जातिको सेवा गर्नु यस जमाअतको मूख्य कार्य हो ।
जमाअत अहमदियाले संसारमा धर्मको नाममा भइरहेको उपद्रवको तथा राजनीतिको समर्थन गर्दैन । धर्मको अर्थ केवल अध्यात्मिकता तथा अल्लाह तआलाको प्रेम प्राप्त गर्नु हो ।
अहमदिया जमाअतले हिंसा,अन्याय र आतंकलाई समर्थन गर्दैन । कार्यक्रमको संचालन अहमदिया संघ नेपालका हासिम अहमदले गरेका थिए।

