कलैया: बारा निर्माण व्यवसायी संघको यही पुस ८ गते सोमबार हुने निर्वाचन कार्य स्थगित गरिएको छ।
संघका प्रमुख निर्वाचन अधिकृत सुनिलकुमार जयसवालले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै निर्वाचन कार्य स्थगित गरिएको जनाएका हुन्।
मतदाता नामावलीमा केही विवाद हुन गएकोले अर्काे सूचना प्रकाशन नहुन्जेलसम्म चुनाव सम्बन्धी सम्पूर्ण कार्यक्रम स्थगित गरिएको विज्ञप्तिमा जनाइएको छ।

