तीन थान काठ सहित एक जना नियन्त्रणमा

रञ्जन यादव
256 पाठक संख्या

पर्सा : पर्सा जिल्लामा बन गस्ती टोलीले तीन थान काठ( चौपट) सहित एक जना मानिसलाई नियन्त्रणमा लिएको छ ।

गस्ती टोलीले करिब १५ क्युफिटको तीन थान चौपट सहित एक जना मानिस पक्राउ परेको बन अधिकृत नवनीत मिश्राले जानकारी दिए । पक्राउ पर्नेमा पर्सा गढी नगरपालिका वडा नं.४ बड्निहार बजार बस्ने ४० बर्षिय जिग्रे शर्मा रहेका छन् ।

पर्सागढी नगरपालिका वडा नं.३ रुनीजामर भन्ने ठाउँबाट बडनिहार सब डिभिजन बन कार्यालयबाट जमदार जीत बहादुरको नेतृत्वमा गएको बन गस्ती टोलीले उनलाई नियन्त्रणमा लिएका हो ।

शर्मा सहित तीन जना जङ्गल क्षेत्रबाट तीन वटा साईकलमा तीन थान चौपट बोकेर ल्याईरहेका थिए ।

बन गस्ती टोलीलाई देखेर दुई जना साईकल सहितको काठ छाडेर भाग्न सफल भएको बन अधिकृत मिश्रले बताए । पक्राउ परेका शर्मालाई थप अनुसन्धानकोलागि डिभिजन बन कार्यालय पर्साको नियन्त्रणमा राखिएको छ ।

Leave a review