कलैयामा आज दिनभर विद्युत आपूर्ति अवरुद्ध हुने

साझेदारी दैनिक
347 पाठक संख्या

कलैया । बाराको कलैया क्षेत्रमा आज दिनभर विद्युत आपूर्ति अवरुद्ध हुने भएको छ।

गण्डक १३२/३३ के.भी. सबस्टेशनबाट निस्कने कलैया ३३ के.भी. र वीरगञ्ज ३३ के.भी. लाइनको मर्मत–सुधार कार्य गर्नुपर्ने भएकाले विद्युत आपूर्ति अवरुद्ध नेपाल विद्युत प्राधिकरण कलैया वितरण केन्द्रले जनाएको छ।

वितरण केन्द्रका अनुसार भदौ १४ गते शनिबार बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म विद्युत अवरुद्ध हुनेछ। केन्द्रले असुविधा हुन सक्ने उपभोक्ताप्रति क्षमा माग्दै वैकल्पिक तयारी गर्न आग्रह गरेको छ

Leave a review