गरुडाले चिसो प्रभावित परिवारलाई कम्बल बाड्दै

साझेदारी दैनिक
397 पाठक संख्या

रौतहट : करण कुमार मिश्र/ जाडो बढेसँगै रौतहटको गरुडा नगरपालिकाले विपन्न परिवारलाई कम्बल वितरण गर्न सुरु गरेको छ ।

तराई मधेसमा चिसो बढ्दै थालेपछि नगरपालिकाले जेष्ठ नागरिकलाई राहत स्वरुप न्यानो कपडा वितरण गर्ने अभियान थालिएको हो ।

नगर प्रमुख गरुडा नगर प्रमुख कन्थमनी प्रसाद जयसवालले बताएका छन् । नगरपालिकाको वडा नम्बर ७ पिपरिया दोस्तियाका ५५ जनाभन्दा बढी गरिव–विपन्न परिवारका सदस्यलाई न्यानो कम्बल वितरण गरेका छन ।

प्रमुख जयसचिसोका कारण कसैले पनि अकालमै ज्यान गुमाउन नपरोस् भन्ने उदेश्यका साथ विपन्न परिवारको तथ्याङ्क संकलन गरेर न्यानो कम्बल वितरण कार्यलाई निरन्तर दिने काम भइरहेको नगर प्रमुख जयसवालले बताए ।

उनले जाडो बढेपछि नगरका अति प्रभावित ज्येष्ठ नागरिक,दलित,गरिब,सीमान्तकृत समुदायलाई कम्बल वितरण गर्ने निर्णय गरेअनुसार न्यानो कम्बल वितरण सुरु बताए । नगरभरी करीब एक हजार बढी परिवारलाई कम्बल वितरण गर्ने लक्ष्य रहेको नगर प्रमुख जयसवालले बताए ।

गरुडाले मंगलबारसम्म विभिन्न वडामा गरी ५०० बढी परिवारलाई न्यानो कम्बल तथा सिरक वितरण गरिसकेको जनाए ।

Leave a review