जीतपुर चोकबाट ३० लाख ६७ हजार भन्दा बढीको सामान नियन्त्रणमा

रञ्जन यादव
251 पाठक संख्या

बाराको जीतपुर सिमरा उप–महानगरपालिका वडा नं. ७ स्थित जीतपुर चोकमा प्रहरीले ३० लाख ६७ हजार रुपैयाँभन्दा बढीको सामानसहित एक ट्रकलाई नियन्त्रणमा लिएको छ ।

वीरगंजबाट काठमाडौँतर्फ जाँदै गरेको ना४ ख ३९८४ नम्बरको ट्रकलाई इलाका प्रहरी कार्यालय जीतपुरबाट खटिएको टोलीले जाँच गर्दा बिल बिजकभन्दा बढी सामान लोड गरिएको फेला परेको हो ।

प्रहरीका अनुसार ट्रकमा कपडा,चना,ब्याट्री,थर्मोकोल दाना र अन्य खुद्रा सामान लोड गरिएको थियो। उक्त सामानको वैध स्रोत पुष्टि गर्न नसकिएपछि ट्रकलाई नियन्त्रणमा लिएर कानुनी प्रक्रिया अघि बढाइएको छ ।

इलाका प्रहरी कार्यालय जीतपुरका प्रहरी नायब निरीक्षक मोहनारायण रायको नेतृत्वमा खटिएको टोलीले उक्त कारबाही गरेको बारा प्रहरी प्रबक्ता प्रहरी नायब उपरिक्षक प्रकाश सापकोटाले जानकारी दिए।

बरामद सामानहरुलाई आवश्यक अनुसन्धानकोलागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा पठाईएको उनले बताए।

Leave a review