बारा जिल्ला अदालत बार एशोसिएशनको साधारण सभा गरिने

साझेदारी दैनिक
393 पाठक संख्या

कलैया : राजेश कुशवाहा/ बारा जिल्ला अदालत बार एशोसिएशन कलैया बाराको वार्षिक साधारण सभा अगामी पुष १९ गते शुक्रबार कलैयामा गर्ने निर्णय गरिएको छ ।

एशोसिएशनका अध्यक्ष उमेशप्रसाद जयसवालको अध्यक्षतामा सोमबार बसेको कार्य समितिको बैठकले उक्त निर्णय गरेको हो।

बैठकमा एशोसिएशनका उपाध्यक्ष चन्द्रिका प्रसाद यादव,सचिव राजेन्द्र प्रसाद,कोषाध्यक्ष सुर्यजित सिंह,सदस्य नागेन्द्र राउत,मुकुन्द अधिकारी,शुशिल कुमार लाल दास,राजेन्द्र सहनी, देवबहादुर चौधरी,प्रेमलाल चौधरी लगायतको उपस्थिति रहेको थियो ।

Leave a review

This will close in 0 seconds