रौतहट : करण कुमार मिश्र/निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय गरुडाले आफ्नो संस्थामा आबद्ध सदस्यलाई बीमा रकम हस्तान्तरण गरेको छ ।
रौतहटको गरुडा नगरपालिका–५,शिवनगर अन्र्तगत महिला समुहकी ग्राहक सदस्य कुन्ती देवी कोइरीनको निधन प्रति शोक प्रकट गर्दै नगद रु. ५ लाख १७ हजार २ सय पन्चानब्बे रुपैया बराबरको चेक शिवनगरकै महिला समुहकी सदस्य कुन्ती देवी कोइरीनको पति रामनारायण प्रसाद कोइरीलाई बिमा क्षतिपूर्ति बापतको रकम तथा बचतको रकम एक कार्यक्रमको बिच हस्तान्तरण गरिएको निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय गरुडाका प्रमुख ओमप्रकाश कुमार साहले जानकारी दिएका हुन् ।
बिहिवार उनिहरुको घरमै एक कार्यक्रमको आयोजना गरि गरुडा -५ का वडा अध्यक्ष पदका प्रत्यासी तथा शिवनगर बजार समितिका अध्यक्ष समेत रहेका योगेन्द्र प्रसाद साह,स्थानीय बिन्देश्वर साह,सिजय कुमार सिंह स्थानीय सञ्चारकर्मी करण कुमार मिश्र (सुभाष) र निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय शाखा प्रबन्धक ओमप्रकाश कुमार साहले संयुक्त रुपमा उक्त रकम हस्तान्तरण गरिएको बताएका छन् ।
हस्तान्तरण कार्यक्रमा शिवनगर बजार समितिका अध्यक्ष योगेन्द्र प्रसाद साहले समुहमा अनुशासन कायम गर्नुपर्ने र कर्जा सदुपयोग गर्ने बारे प्रष्ट पारेका थिए ।
बिगत लामो समय देखि गरुडा नगर क्षेत्रमा स्थानियहरुको जिवन स्तर उकास्न सफल हुदै आएको भन्दै निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय गरुडालाई धन्यबाद दिएका थिए ।
यस्तै निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाका लेखापाल टिकाराम न्यौपाने बिमाको महत्व र यसबाट हुने फाईदा बारे जानकारी गराएका थिए । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले समुदायमा बित्तीय क्षेत्रमा पु-याउदै आएको योगदान बारे शाखा प्रबन्धक ओमप्रकाश कुमार साहले चर्चा गरेका थिए ।
आफ्ना ग्राहकलाई प्राकृतिक प्रकोप,दैवी प्रकोप कारण सदस्यको घर,जग्गा,उत्पादनशील सम्पति वा व्यवसाय असफल भएको अवस्थामा व्यवसाय पुनस्र्थापना गर्न थप कर्जा रकमको व्यवस्था गर्दा व्यवसाय पुनस्र्थापना भई सदस्यहरुको आर्थिक क्रियाकलाप बृद्घि भएर ग्राहक सदस्यको आर्थिक तथा सामाजिक अवस्थामा सुधार ल्याउन सकिने उनले बताएका छन् ।
निर्धन उत्थान लघुवित्त वित्तीय संस्था सामाजिक रुपान्तरणमा झण्डै तिन दशक देखि निरन्तर अगाडि बढिरहेको कार्यक्रममा बताईएको छ ।
गरुडा नगरपालिका-४ गरुडा स्थित संचालनमा रहेको शाखाले झण्डै ४ हजार सदस्यलाई कर्जा बचत सेवा प्रदान गर्दै आएको छ ।


