जीतपुर : रौतहटको अग्नी पिडितलाई राहत बाड्न पुर्वप्रधानमन्त्री एवम् नेकपा एसका केन्द्रीय अध्यक्ष मावध प्रसाद नेपाल यतिखेर रौतटहमा आएको छन ।
क्षेत्र नम्बर एकका सांसद समेत रहेका पुर्व प्रधानमन्त्री नेपाल शनिवार रौतहटको राजदेवी नगरपालिकाका अग्निपिडितलाई शनिवार भेटेर सहयोग हस्तान्तरण गरेका छन ।
नपालले पिडित सबै परिवारलाई खाद्वान,त्रिपाल कम्बल सहितका सामान हस्तान्तरण गरेको सांसद नेपालको रौतहट स्थित सहयोगी रेवन्त झाले बताएका छन ।
सांसद नेपालले अग्नि पिडित परिवारको सुरक्षित व्यवस्थित आवास निर्माणका लागि जग्गा व्यवस्थापन गरि तत्काल घर निर्माणका लागि पिडित परिवारलाई आवश्यक सहयोग गर्ने पुर्वप्रधानमन्त्री नेपालले प्रतिवद्वता दिनुभएको बताइएको छ ।
सो कार्यक्रममा नेकपा एसका केन्द्रीय सदस्य कल्याणी खडका,मधेस प्रदेस सभा सदस्य कनिस पटेल जिल्ला अध्यक्ष कमल यादव,राजदेवी नगर प्रमुख भिखारी यादव र बौधिमाई नगरप्रमुख प्रदिप यादव लगायतको उपस्थिति रहेको थियो ।

