चिसो बढेका कारण देवतालमा दुई दिन विद्यालय विदा

साझेदारी दैनिक
341 पाठक संख्या

कलैया : चिसो बढेसंगै बालबालिका प्रभावित भएका छन्। यसै कारणले बाराको देवताल गाउँपालिकाले दुई दिन विदा दिएको छ।

गाउँपालिकाको शिक्षा शाखाले आइतबार एक सार्वजनिक सूचना जारी गर्दै आइतबार र सोमबार विद्यालय बन्द गर्न भनेको छ।

गाउँपालिकाको सम्पूर्ण सामुदायिक विद्यालयहरु बन्द रहने सूचनामा उल्लेख छ। रास्ट्रपति रनिङशिल्डमा सहभागी विद्यार्थीहरुको अभ्यास जारी राख्न समेत गाउँपालिकाले अनुरोध गरेको छ।

Leave a review