साह पक्राउ परेको विरुद्ध कलैयामा प्रर्दशन

साझेदारी दैनिक
291 पाठक संख्या

कलैया : बारा प्रहरीले सेतो हेरोइन जस्तो देखिने पाउडर सहित एक जनालाई पक्राउ गरेको विरुद्ध कलैयामा सोमबार साँझ प्रर्दशन गरिएको छ ।

सिम्रौनगढ नगरपालिका वडा नम्बर २ महुवाही टोलमा बस्ने अन्दाजी ४७ वर्षीय रामसेवकप्रसाद साहलाई प्रहरीले नियन्त्रणमा लिएको विरुद्ध प्रर्दशन गरीएको हो ।

उनी निर्दोष रहेको भन्दै प्रहरीले फसाएको भन्दै नेताहरुको अगुवाईमा सोमबार साँझ कलैयाको मुख्य चौक हुदै जिल्ला प्रहरी कार्यालय अगाडी समेत प्रर्दशन गरीएको थियो । प्रर्दशनकारीहरुले टायर बालेर प्रर्दशन गर्नुका साथै प्रहरी प्रशासन विरुद्ध चर्का नारावाजी गरेका थिए ।

प्रर्दशन कार्यक्रममा जसपाका नेता रामकिशोर यादव,जनमत पार्टीका जिल्ला संयोजक शिवनाथ पटेल,माओवादीका युवा नेता मुकेश साह लगायतकाले सम्बोधन गर्दै पक्राउ परेका साहलाई विनाशर्त रिहाई गर्न माग गरेका छन ।

जिल्लाको बाराको पचरौता नगरपालिका वडा नम्बर ४ ईनर्वाटोलस्थित पोखरीको डिलमा बनाएको छाप्रो बाट मानिस सहित सो पदार्थ बरामद गरेको छ। लागू औषध बिक्री वितरण भैइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा सेतो हेरोइन सहित साहलाइ पक्राउ गरेको प्रहरीले जनाएको छ ।

सेतो हिरोइन जस्तो देखिने पाउडर केही ग्राम र नाइट्रोभ्याट एक पाता १५ पिस सहित साहलाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। उनलाई अनुसन्धानको लागि जिल्ला अदालतबाट १० दिनको म्याद थप गराईको छ ।

Leave a review