राजाबादीले कलैयामा मनाए पृथ्वी जयन्ति

साझेदारी दैनिक
282 पाठक संख्या

कलैया : बाराको कलैयामा शनिबार राजाबादीहरुले ३०३ औ पृथ्वी जयन्ति एक कार्यक्रम गरी मनाएका छन्।

उनीहरुले कलैयास्थित भरत चोकमा स्व. राजा पृथ्वी नारायण शाहको तस्बीरमा फूलमाला लगाई,पटका पडकाई तथा मिठाई बितरण गरी पृथ्वी जयन्ति मनाएका हुन्।

उक्त अवसरमा राजाबादी असर्फी साह,अयोध्या साह,अरबिन्द प्रधान,देवराज साह,गोलिया देवी,शिव जी साह,शम्भु सहनी,भुटेली चौधरी,सोनु प्रसाद,सुरेश लोहार लगायतको सहभागिता रहेको थियो ।

पृथ्वी जयन्तिको अवसरमा राजाबादी असर्फी साहले पैसा समेत लुटाएका थिए। यसैगरी नेपाल राष्ट्रबादी संयुक्त मोर्चा बाराले ३०३ औ पृथ्वी जयन्तीको अवसरमा जुलुश प्रदर्शन गरेको छ।

जुलुशमा मोर्चाका नेमी राउत कुर्मी,संजिव सिंह उपाध्याय,साहेब प्रसाद कुर्मी,उमेश पण्डित,किशुन दास,सफिक अंसारी,नैना देवी,शिला देवी,उमा देवी,मोजाबिल मिया लगायतको सहभागिता रहेको थियो ।

जुलुशले कलैया नगरको बिभिन्न भाग परिक्रमा गरेको थियो ।नगर परिक्रमा पश्चात जुलुश कलैया स्थित भरत चोकमा पुगेर कोणसभामा परिणत भएको थियो।

Leave a review