कलैया : बाराको कलैयामा एक्टिभ एब्रोड इडु कन्सलन्टेन्सी प्रा. लि. एक कार्यक्रम बिच उद्घाटन गरिएको छ।
जिल्लाको कलैया उपमहानगरपालिकाको मुख्य चौक भरत चौक गुप्ता भवन पुरानो (बाणिज्य बैक) भवनमा एक्टिभ एब्रोड इडु कन्सन्टेन्सी प्रा. लि. खुलेको हो।
मधेस प्रदेशका पूर्व मन्त्री तथा मधेस प्रदेश सभा सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि डा.रहबर अंसारीले सो संस्थाको कलैयामा उद्घाटन गरेका हुन्।
मधेस प्रदेशको पर्सा बारा र रौतहटका विद्यार्थी र कामदारको हकमा संस्थाले काम गर्ने विश्वास उनले व्यक्त गरेको संजितकुमार खरेलले जानकारी गराए।
एक्टिभ संस्थाका संचालक पुर्ण बहादुर खत्रीले २० बर्ष अगाडि आफै जापान पुगेर त्यहाका वातावरण र नेपालको वातावरण मिल्दोजुल्दो लाग्दा नेपालीको लागि राम्रो हुन सक्ने त्यही बेला नै काठमाडौको गंगोबुमा संस्था खोलेका हुन् ।
काठमाडौ हुँदै बागलुङ र कलैयामा यो संस्थाले शाखा बिस्तार गरेको छ। संस्थाले विद्यार्थी र कामदार गरि ४ हजारको लगभग पठाएको छ। जापानिज भाषाको लागि एन ५,एन ४ लेबल छ महिना कोर्स पढाइ हुनेछ। यसको साथै अमेरिकन,युरोपेली कोरिया,अष्ट्रेलिया,लगायतको देश पठाउने रहेको कृष्ण महतले जानकारी गराए।
उद्घाटन कार्यक्रममा मधेस प्रदेस सभा सदस्य लक्ष्मी ठाकुर,एकीकृत समाजवदी के.स. हिमाल खरेल लगायतको उपस्थिति रहेको राज खानले जानकारी गराए।

