बरियारपुर । महागढीमाई नगरपालिका का नगर प्रमुख उपेन्द्र प्रसाद यादवले आफ्नो घरको विद्युत् महसुल नतिरेको भन्दै लाइन काट्न गएका प्राधिकरणका कर्मचारीलाई नगर प्रहरी लगाएर थुनेका छन ।
नगर प्रमुख यादवको घरको लाईन काटेपछि बिधुत प्राधिकरण कलैया शाखाका पाँच जना कर्मचारीहरुलाई नगर प्रहरीले नगरपालिकामा थुनेका हुन् ।
प्राधिकरणका सुनिल राय सहायक लेखापाल,हृदय नारायण महतो इलेक्ट्रीशियन,अमिचन महतो चालक,सन्दिप सरार्फ कार्यालय सहयोगी र देवी नारायण यादव मिटर रिडरलाई नगरपालिकामा थुनेको श्रोतले बताएका छन् ।
नगर प्रमुख यादवको घरमा जडान भएको बिधुतिय मिटरको ३ लाख ६४ हजार ९ सय २१ रुपैया ७४ पैसा शुल्क बाकी रहेकोले घरको लाईन काटिएको प्राधिकरणका कर्मचारीले बताएका छन् ।
पच्छिल्लो समय प्राधिकरण विद्युत बक्यौता बाकि रहेको ग्राहकको लाइन काट्दै आएको छ ।


