जय ट्रफी मेन्स एलिट कप उपाधि पुलिस क्लबलाई

साझेदारी दैनिक
271 पाठक संख्या

वीरगञ्ज : जय ट्रफी मेन्स एलिट कप २०८१ को उपाधि नेपाल पुलिस क्लबले जित्न सफल भएको छ।

पर्साको वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा सम्पन्न तीन दिवसीय फाइनलमा खेलमा २८ रनले त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै पुलिसले उपाधि उचालेको हो ।

आर्मीका लागि पुलिसले दिएको १०३ रनको लक्ष्य दिएको थियो तर पुलीसलाई पछ्याउँदै मैदानमा उत्रिएपनि आर्मी क्लब तेस्रो दिनको दोस्रो सेसनमा मात्र ७४ रनमा सिमित हुदै हार व्यर्होनु प¥यो ।

टस हारेर पहिले ब्याटिङ गरेको पुलिसले आफ्नो पहिलो इनिङमा १३३–९ को स्थितिमा इनिङ घोषणा गरेको थियो। जवाफमा आर्मीले पहिलो इनिङमा १७० रन बनाएर अलआउट हुँदै ३७ रनको अग्रता लिन सफल तएको थियो। तर दोस्रो इनिङमा कमजोर प्रदर्शन गर्दा आर्मीले उपाधि हात पार्ने अवसरबाट बन्चित हुन पुग्यो ।

पुलिस क्लबले दिएको १०३ रनको लक्ष्य त्रिभुवन आर्मी क्लबको दोस्रो इनिङ स्कोरमा ७४ रन बनाएर (अलआउट) भए पनि नेपाल पुलिस क्लबको दोस्रो इनिङ स्कोरः १३९ रन बनाउदै नतिजा हातपार्न सफल भएको छ ।

यसअघि प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट २०८० प्रतियोगितामा पनि नेपाल पुलिस क्लबले आर्मी क्लबलाई पराजित गर्दै उपाधी हात पारेको थियो ।

Leave a review

This will close in 0 seconds