चन्द्रपुर नगरपालिकाको १६ औँ हिउँदे अधिवेशन सम्पन्न

साझेदारी दैनिक
271 पाठक संख्या

रौतहट । प्रिमेश शिवाकोटी / रौतहटको चन्द्रपुर नगरपालिकाले आफ्नो नगरसभाको १६ औँ हिउँदे अधिवेशन समपन्न गरेको छ ।

शुक्रवार चन्द्रपुरस्थित गोल्डेन ब्यान्क्वेटमा भएको अधिबेसनले नगरपालिकाको आगामी नीति, कार्यक्रम तथा विकास योजनाबारे छलफल र निर्णय गर्ने उद्देश्यले सभाको आयोजना गरिएको नगर प्रमुख सन्जयले बताए ।

प्रमुख अतिथि निवर्तमान प्रतिनिधिसभा सदस्य देव प्रसाद तिमल्सिनाले स्थानीय तहले जनताको प्रत्यक्ष जीवनस्तर सुधारमा केन्द्रित भई काम गर्नुपर्नेमा जोड दिदै विकास निर्माण, सुशासन र पारदर्शितालाई प्राथमिकतामा राख्दै नगरपालिका अगाडि बढेमा मात्र समृद्ध नगर निर्माण सम्भव हुने बताए ।

कार्यक्रमका सभाध्यक्ष तथा नगरप्रमुख काफ्लेले अधिवेशनको उद्देश्य र कार्यसूचीबारे जानकारी गराउँदै नगरपालिकाले हालसम्म गरेका उपलब्धि र आगामी योजनाहरू प्रस्तुत गरे । नगरपालिकालाई व्यवस्थित, समुन्नत र समावेशी नगरको रूपमा विकास गर्न नगरसभा महत्वपूर्ण माध्यम भएको नगर प्रमुख काफ्लेले बताए ।

यस्तै नेपाल पत्रकार महासंघका अध्यक्ष संजय कार्की र नेपाल पत्रकार महासंघ पूर्व केन्द्रीय सदस्य शिव पुरीले शुभकामना व्यक्त गर्दै नगरसभामार्फत पारित हुने नीति तथा कार्यक्रमहरू जनमुखी र व्यवहारिक हुनुपर्ने उल्लेख गर्दै शिक्षा, स्वास्थ्य, महिला, बालबालिका तथा विपन्न वर्गको सशक्तीकरणमा विशेष ध्यान दिन आग्रह गरे ।

नगरपालिकाको समग्र विकासका लागि सबै जनप्रतिनिधि एकताबद्ध भएर काम गर्नुपर्ने धारणा अन्य सहभागीहरुले राखेका थिए ।

सो अधिवेशनमा नगरपालिकाका सबै वडाका वडा अध्यक्षहरूको उपस्थिति रहेको थियो।

Leave a review