अस्पताल र स्वास्थ्य संस्थाको शुल्कमा पर्सामा एकरुपता कायम गर्ने पर्सामा भयो निर्णय

राम मण्डल
254 पाठक संख्या

वीरगञ्ज : पर्सामा रहेका अस्पताल तथा स्वास्थ संस्थाको शुल्कमा एकरुपता कायम गर्ने पर्सा जिल्लामा निर्णय गरिएको छ।

पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो। सो बैठकले स्वास्थ्य क्षेत्रको सेवा प्रवाहलाई प्रभावकारी बनाउन स्वास्थ्य क्षेत्रसँग सम्बन्धित सरोकारवाला एवं सुरक्षा निकायको उपस्थितिमा सो बैठक बसेको हो।

सरकारी, निजी र सामुदायिक अस्पताल तथा स्वास्थ्य संस्थाहरुको सेवा थप सरल,पारदर्शी बनाउने निर्णय बैठकमा गरिएको छ। बैठकमा सरकारबाट स्वीकृत मापदण्ड तथा नीतिहरुको पूर्ण परिपालना गर्ने/गराउने निर्णय गरिएको छ।

अस्पताल तथा स्वास्थ्य संस्थाहरुको अनुगमनलाई थप प्रभावकारी बनाउने,अनुगमनको क्रममा विषयविज्ञ तथा नेपाल चिकित्सक संघको समेत प्रतिनिधि सहितको टोली परिचालन गर्ने निर्णय सो बैठकले गरेको छ।

अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा कार्यरत कर्मचारीहरुले सेवा,सुविधा,पारिश्रमिक लगायतका विषयमा चासो वा माग राखेकै कारण उनीहरु माथि फरक व्यवहार गर्ने वा सेवाबाट हटाउने कार्य नगर्ने/नगराउने समेत भनिएको छ।

स्वास्थ्यकर्मीहरुको आचारसंहित पूर्ण परिपालना गराउने व्यवस्था गर्ने तथा उपचारको क्रममा स्वास्थ्यकर्मीहरु माथि मानसिक र शारिरिक दवाव दिने,संस्थामा तोडफोड गर्ने,हातपात गर्ने जस्ता उछृङ्खल क्रियाकलापहरुलाई नियन्त्रण/नियमन गर्न शून्य सहनशीलता को नीति अपनाउने पनि बैठकले निर्णय गरेको छ।

Leave a review

This will close in 0 seconds