कलैया : आज सोमबर हुने श्रीपञ्चमी पर्व अर्थात बिद्याकी देवी सरस्वती पुजाको लागी आईतबार सम्पुर्ण तयारी पुरा भएको छ ।
जिल्लाको १६ पालिकामा रहेको सामुदायिक तथा संस्थागत बिद्यालयमा श्री पञ्चमी पर्वको सम्पुर्ण तयारी पुरा भएको हो ।पर्वको पुर्व सन्धयामा विद्यार्थीहरुले बिद्यालयको सरसफाई तथा सजावटको काम गरेका छन।
बिद्यालयहरुमा बिजुली बती लगाएर सिंगारिएको छ । सरस्वती पूजा गर्नका लागि बिद्यार्थीहरुले आईतबार सरस्वतीको प्रतिमा लगेका छन । जिल्लाको बिभिन्न स्थानमा रहेको बजारमा समेत पर्वका लागि चाहिने सामाग्रीहरु किन मेल गर्ने ग्राहकहरुको भिड बढेको छ ।
जिल्लाको कलैया बजार,फेटा बजार,प्रसौनी बजार,परवानीपुर बजार,बरियारपुर बजार,गञ्जभवानीपुर बजार,सिम्रौनगढ बजार कचोर्वा बजार,पटेर्वा बजार,भगवानपुर बजारलगायतकोमा पर्वका लागि चाहिने सर समान किन्ने ग्राहकहरुको भिड लागेको हो ।
हिन्दु धर्मावलम्बीहरुले श्री पञ्चमी पर्व हर्साेउल्लासका साथ मनाउने गर्छन । सरस्वती पूजा आज सोमबार परेको छ ।


