ओडिसा घटनाबारे कूटनीतिक पहल गर्न अध्यक्ष दाहालको आग्रह

रासस
361 पाठक संख्या

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतको ओडिसामा भएको घटनाका विषयमा यथार्थ विवरण सार्वजनिक गर्न र विद्यार्थीको सुरक्षाका लागि कूटनीतिक पहल गर्न सरकारसँग आग्रह गर्नुभएको छ ।

उहाँले भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी)को छात्राबासमा एक नेपाली छात्राको मृत्यु भएको र नेपाली विद्यार्थीलाई होस्टेलबाट निकालिएको समाचारले गम्भीर बनाएको उल्लेख गर्नुभएको छ ।

मृतक विद्यार्थीप्रति श्रद्धाञ्जली अर्पण तथा परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नुहुँदै पूर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष दाहालले आज सामाजिक सञ्जालमार्फत भन्नुभएको छ, “घटनाको यथार्थ विवरण सार्वजनिक गरी निष्कासित विद्यार्थीहरूको सुरक्षाका लागि तत्काल कूटनीतिक पहल गर्न सरकारसँग आग्रह गर्दछु ।

Leave a review

This will close in 0 seconds