Sajhedari Daily
Latest News from Nepal

कलैया ३ मा मोक्तम र छठ घाँट निर्माणको लागि ३५ लाख उपलब्ध गराइने ः नगर प्रमुख यादव

Top Aside Banner

कलैया उपमहानगरपालिका वडा नम्बर ३ भवानिपुरमा रहेको मोक्तम तथा छठ घाँटको निर्माणको लागि कलैया उपमहानगरपालिकाबाट ३५ लाख उपलब्ध गराउने नगर प्रमुख राजेश राय यादवले बताएका छन ।

उक्त टोल स्थित मोकतममा र भवानिपुरमा छठ घाटको विहिवार अवलोकन तथा निरिक्षण गर्ने क्रममा नगरप्रमुख यादवले यस्तो वताएका हुन । मोक्तम निर्माणको लागि रु. २० लाख रुपैया र छठघाट निर्माणको लागि १५ लाख रुपैया उपलव्ध गराउने नगरप्रमुख यादवले स्थानीयवासीहरुसंग छलफलका क्रममा बताएका हुन ।

यसैगरी नगरप्रमुख यादव सहितले शहरी बिकासको बजेटबाट निर्माण भईरहेको नाला तथा सडकको अनुगमन समेत गरेका छन । अनुगमन पश्चात स्थानीयहरुसंग छलफल समेत गरेको थिए । छलफलमा कलैया उपमहानगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष जलाउदिन मंसुर, तरुण दल बाराका अध्यक्ष लोकेश्वर सिंह स्थानिय भद्रभलादमीहरु, विभिन्न सरोकारवाला व्यक्तिहरु लगायतको उपस्थिति रहेको थियो।