मोटरसाइकल दुर्घटना हुँदा पचरौताका एक युवक गम्भीर घाईते

साझेदारी दैनिक
283 पाठक संख्या

सिम्रौनगढ़ :आफैले चलाएको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा पचरौताका एक युवक घाइते भएका छ ।

सिम्रौनगढ़ नगरपालिका –५ नहर सड़क खण्ड स्थित टेढ़ी भन्ने पुल नजिक भारतीय मोटरसाईकल बि.आर ०६ बि.एफ ६६२० नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई पल्टिंदा एक युवक घाइते भएको हो ।

घाइते हुनेमा पचरौता –९ कलाबंजर बस्ने लखु चौरसियाका छोरा अन्दाजी १८–१९ वर्षीय बिजय चौरसिया रहेको ईलाका प्रहरी कार्यालय सिम्रौनगढ़ले जनाएको छ ।

हाल घाइते चौरसियाको बीरगंज ब्योधा अस्पतालमा उपचार भइरहेको छ भने उनको स्वास्थ्य अवस्था गम्भीर रहेको परिवार स्रोतले जानकारी दिएको छ ।

Leave a review

This will close in 0 seconds