प्रतिनिधि सभा निर्वाचन : बारा-३ मा रामबाबु यादवको घरदैलो अभियान सुरु

साझेदारी दैनिक
297 पाठक संख्या

कलैया । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता रामबाबु कुमार यादवले घरदैलो अभियान सुरु गरेका छन् ।

बारा निर्वाचन क्षेत्र नम्बर ३ बाट जसपा नेपालको तर्फबाट उम्मेदवारी दिएका यादवले चुनावी प्रचारप्रसारका क्रममा कलैया उपमहानगरपालिका वडा नम्बर ११ घोघलडियाबाट छाता छापसहित घरदैलो अभियानको सुरु गरेका हुन्।

घरदैलोका क्रममा यादवले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै आफ्ना चुनावी एजेन्डा प्रस्तुत गरेका थिए। उनले मधेसको पहिचान, समान अधिकार, सुशासन तथा विकास निर्माणलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

यादवले बारा जिल्ला कृषिप्रधान क्षेत्र भएकाले किसानका समस्या समाधानलाई विशेष प्राथमिकतामा राख्ने बताएका छन्। सिँचाइ सुविधाको विस्तार, मल–बीउको सहज उपलब्धता तथा कृषि उत्पादनको उचित मूल्य सुनिश्चित गर्न आफू सक्रिय रहने उनले बताए।

यसअघि पनि यादव बारा–३ बाट प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवार बनेका थिए। अघिल्लो निर्वाचनमा उनले १७ हजार २ सय ७९ मत प्राप्त गरेका थिए।

Leave a review