लागू औषध ब्राउन सुगरसहित तीन जना पक्राउ

साझेदारी दैनिक
532 पाठक संख्या

कलैया । बारा प्रहरीले लागू औषध ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय सिमरा र लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय वीरगंज पर्साबाट संयूक्त रूपमा खटिएको प्रहरी टोलीले सोमबार जिल्लाको जीतपुर सिमरा उप-महानगरपालिका वडा नम्बर १ सिमरा स्थितमा रहेको राज होटेलको कोठा नं.१०६ मा बसिरहेको बेला चेक जाँच गर्ने क्रममा लागू औषध ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा देश भारत, विहार राज्य, मोफासिल सिवाना जिल्ला, थाना सिवाना,चनौर ग्राम पञ्चायत वडा नम्बर १४ बस्ने अन्दाजी ३५ वर्षीय गौतम कुश्वाहा,देश भारत, विहार राज्य, पूर्व चम्पारण जिल्ला,रमगढवा थाना,सिंहसिनी ग्राम पञ्चायत वडा नं.७ बस्ने अन्दाजी ३० वर्षीय रन्जन कुमार सिंह र सोही ठाउँमा वडा नं.१० बस्ने अन्दाजी वर्षीय ४० संजिव कुमार राम रहेको प्रहरीले जनाएको छ ।

उनिहरुको साथबाट १७० ग्राम लागू औषध ब्राउन सुगर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक विजय राज पण्डितले बताएका छन् ।

उक्त लागू औषध ब्राउन सुगरसहित तिनै जनालाई नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अगाडी बढाईएको प्रवक्ता पण्डितले जानकारी दिए ।

Leave a review

This will close in 0 seconds