नेपाल प्रेस युनियन बाराको बैठक सम्पन्न

राजेश कुशवाहा
241 पाठक संख्या

कलैया । बाराको कलैयामा बुधबार नेपाल प्रेस युनियन बाराको बैठक सम्पन्न भएको छ ।

युनियन बाराका अध्यक्ष शयामबाबु प्रसाद यादवको अध्यक्षतामा युनियनका केन्द्रिय सदस्यद्धय गणेशराज रिजाल र रबिन्द्र सिंहको बिशेष उपस्थितीमा उक्त बैठक सम्पन्न भएको हो ।

बैठकले नेपाल प्रेस युनियन बाराको नयाँ सदस्यता तथा नविकरणका लागि शुल्क उपल्बध गराउने , नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष रमेश सुवेदीले बिधान बिपरित कार्य गरीरहेको प्रति ध्यानाकर्षण गराउने लगायतको निर्णय गरिएको छ ।

बैठकमा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य सिकेन्द्र पासवान, नेपाल प्रेस युनियन मधेश प्रदेशका अध्यक्ष सत्यप्रकाश श्रेष्ठ, सचिव सन्तोष पाण्डे,नेपाल पत्रकार महासंघका मधेश प्रदेश सदस्य संजिव कुमार मिश्रा, नेपाल पत्रकार महासंघका केन्द्रिय प्रतिनिधी भोजराज भटृराई, प्रदेश प्रतिनिधी पवन यादव, नेपाल पत्रकार महासंघ बाराका पुर्व अध्यक्ष गुरु प्रसाद गौतम, पुर्व सचिव जयनारायण यादव, नेपाल प्रेस युनियन बाराका उपाध्यक्ष अनिल कुमार साह, सचिव राजेश कुशवाहा, सह सचिव बिनिता चौधरी ,कोषाध्यक्ष अरुण कुमार साह, सदस्य बिनयराज शर्मा, नुर आलम बादशाह, प्रभु प्रसाद यादव, सन्दिप प्रसाद यादव लगायतको सहभागिता रहेको थियो ।

Leave a review