कलैया : बारा प्रहरीले प्रतिबन्धित लागु औषध गाँजा बरामद गरेको छ।
बाराको सिम्रौनगढ नगरपालिका वडा नं.०६ स्थित सतुवाई बोर्डर एरियामा इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट प्रहरी सहायक निरीक्षक बिजय महतोको कमाण्डमा खटिएको प्रहरी गस्तिले गस्ती टोलीले सो लागु औषध बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
प्रहरीले प्रतिबन्धित लागु औषध गाँजा बरामद गरेको छ। भारतको घोडासहन तर्फबाट नेपालको सिम्रौनगढ बजार तर्फ आउदै गरेको व्यक्तीले गस्ती टोलीलाई देखि प्लाष्टिको बोरा फाली भारत तर्फ भागी फरार भएकोमा प्रहरी टोलीले उक्त झोला खोली हेर्दा ५ वटा सानो काटुनको पोकाबाट सो औषध बरामद गरेको हो।
माथीबाट टेप लगाईएको अवस्थामा रहेको उक्त काटुनहरूको टेप हटाई हेर्दा धेरे मात्रमा लागु औषध दुई एमएलको पाँच सय गोटा डाइजोपाम,दुई एमएलको नोफिन पाँच सय गोटा र दुई एमएलको फेनारगन पाँच सय गोटा प्रहरीले बरामद गरेको हो।
लुकाई छिपाई लगी रहेको लागू औषध प्रहरीले बरामद गरेको हो। नियन्त्रणमा लिईएको लागु औषधलाई आवश्यक कानूनी प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।


