ज्योतिष परिषद् नेपाल मधेश प्रदेशको अध्यक्षमा आचार्य ज्ञानेश्वर कुमार तिवारी नियुक्त

साझेदारी दैनिक
405 पाठक संख्या

कलैया । ज्योतिष परिषद् नेपालको मधेश प्रदेश तदर्थ समितिको अध्यक्ष पदमा बाराको महागढीमाई नगरपालिका–२ निवासी आचार्य ज्ञानेश्वर कुमार तिवारी नियुक्त भएका छन् ।

परिषद्का केन्द्रीय अध्यक्ष ज्योतिष मेघराज आचार्यद्वारा जारी गरिएको नियुक्ति पत्रअनुसार आचार्य तिवारीलाई आइतबार मधेश प्रदेश तदर्थ समितिको अध्यक्ष पदमा नियुक्त गरिएको हो ।

नियुक्ति पत्रमा परिषद्को नीति, नियम र उद्देश्यअनुसार जिम्मेवारी निर्वाह गर्दै संगठनलाई थप सुदृढ, प्रभावकारी र व्यवस्थित बनाउने विश्वास व्यक्त गरिएको छ ।

अध्यक्ष पदमा चयन भएसँगै ज्योतिष परिषद् नेपालले आचार्य तिवारीलाई हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।

नवनियुक्त अध्यक्ष आचार्य तिवारीले आफूलाई प्रदान गरिएको जिम्मेवारीलाई इमान्दारी, निष्ठा र प्रतिबद्धताका साथ पूरा गर्दै परिषद्को गरिमा र उद्देश्यअनुसार कार्य गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

Leave a review

This will close in 0 seconds