एमाले बाराको मतदान स्थागित,आज विहानदेखी मतदान हुने

साझेदारी दैनिक
353 पाठक संख्या

विहीबारलाई तय भएको नेकपा (एमाले) बाराको ११ ओैं जिल्ला अधिवेशन अन्तरगत मतदान कार्य स्थगित भएको छ ।

विहीबार दिउसोदेखी हुने भनिएको मतदान कार्य स्थगित भएको निर्वाचन समितिले जनाएको छ ।

आवश्यक तयारी नपुगेका कारण आज विहान ८ बजेसम्मका लागि मतदान कार्य स्थगित गरिएको निर्वाचन अधिकृत महम्मद रफिक मियाँले जानकारी दिएका छन ।

नयाँ नेतृत्वका लागि दुई वटा प्यानल समुह र एक वटा स्वतन्त्र समुह गरी तीन वटा समुहको प्रतिस्पर्दा हुने भएको छ ।

अध्यक्ष पदका लागि टिना सुवेदी,अनिल कुमार मैनाली र अध्यानन्द पाण्डेले मनोनय दर्ता गराएका छन ।

Leave a review