एसईई परीक्षा : ऐच्छिक प्रथम विषयमा आठ हजार छ सय बहत्तर परीक्षार्थी सहभागी

साझेदारी दैनिक
702 पाठक संख्या

कलैया : माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई)को छैठो दिन आज बारामा परीक्षा शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ।

शिक्षा विकास तथा समन्वय इकाइका इकाई प्रमुख निमप्रकाश सिंह राठौरले एक प्रेस विज्ञप्ति जारी गरी यसबारे जानकारी दिएका हुन्।

केन्द्राध्यक्षहरुबाट प्राप्त विवरण अनुसार यस जिल्लामा जम्मा ८ हजार ६ सय ७२ (छात्रा ४ हजार ३ सय ९४ र छात्र ४ हजार २ सय ७८ जना ) परीक्षार्थी परीक्षामा सहभागी भएका छन्।

परीक्षामा १ हजार १४ (छात्रा ४ सय ५९ र छात्र ५ सय ५५ जना) परीक्षार्थी अनुपस्थित भएको राठौरद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ।

परीक्षालाई व्यवस्थित,मर्यादित र शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सहयोग पुर्‍याउने केन्द्राध्यक्ष,सहायक केन्द्राध्यक्ष,निरीक्षक,अनुगमनकर्ता, सुरक्षाकर्मी,नागरिक समाज,पत्रकार लगायत सम्पूर्ण सरोकारवालाहरुलाई राठौरले विज्ञप्तिमा धन्यवाद ज्ञापन गरेका छन्।

Leave a review

This will close in 0 seconds