Sajhedari Daily
Latest News from Nepal

मदर्सामा अध्ययनको लागि दुईवटा काक्षा कोठा थपिने-मेयर यादव

Top Aside Banner

रबिन्द्र प्रसाद साह/
कलैया उपमहानगरपालिका वडा नम्बर १२ सितलपुर स्थित मदर्सा अरबिया असराफुल्लउलुम सितलपुरमा रहेको मदर्सामा दुई ओटा कक्षा कोठा थपिने कलैया उपमहानगरपालिकाका मेयर राजेशराय यादवले जनाएका छन ।

मंगलवार उक्त मदर्साको अवलोकन गर्दै मेयर यादवले मुस्लिम समुदायका बालबालिकाहरुका लागि अध्ययन गर्न मदर्सामा दुई वटा भवन थप गर्ने बताएका हुन ।

सो मदर्सामा करिब दुई सय ५० जना मुस्लीम समुदायका बालबालिकाहरु अध्ययनरत छन भने होस्टेल वसेर करिब ८० जना बालबालिकाहरु रहेका छन ।

होस्टेलमा रहने बालबालिकाहरुकाहरुलाई खानको लागि (सितलपुर, बिसमभरपुर, बलिरामपुर, घोघलरियाबाट खाद्यान्न सहयोग आईरहेको मदर्साका मोल्वी अलि महमद बताएका छन । मदर्सामा कक्षा ५ सम्मको अध्यापन संचालन भईरेको छ ।