अवैध लागु औषध अफिमसहित दुई जना पक्राउ

साझेदारी दैनिक
600 पाठक संख्या

कलैया :सशस्त्र प्रहरीले बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १ पथलैया चोक बाट शुक्रबार बिहान अबैध लागु औषध अफिम सहित दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मकवानपुर हेटौडा उपमहानगरपालिका वडा नम्बर १२ बस्ने ४४ वर्षीय मिलन भोलान र सोही ठाउँ बस्ने ४७ बर्षिय गोपाल प्रसाद गौतम रहेको सशस्त्र प्रहरी बल १२ नम्बर गणका सशस्त्र प्रहरी उपरीक्षक खुमबहादुर केसीले जानकारी दिएका छन्।

उनीहरुको साथ बाट आठ किलो अबैध लागु औषध अफिम बरामद गरिएको हो।

विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी निरीक्षक ध्वजबिक्रम शाहीको कमाण्डमा खटिृएको प्रहरी टोलीले हेटौडाबाट वीरगञ्ज तर्फ आउदै गरेको बा.प्र.०१–०२९ च ५४१४ नम्बरको ईभिकारलाई जांच गर्ने क्रममा उनीहरुलाई अफिम सहित पक्राउ गरेको हो ।

बरामद भएको लागु औषध अफिम,कार सहित उनीहरुलाई नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अगाडी बढाईएको सशस्त्र प्रहरी उपरीक्षक केसीले बताए।

Leave a review

This will close in 0 seconds