कलैया : बारामा माध्यमिक शिक्षा परीक्षा(एसइई)अन्तर्गत शुक्रबार सातौ दिन ऐच्छिक द्वितीय बिषयको परीक्षा शान्तिपूर्ण एवम् मर्यादित रुपमा सम्पन्न भएको छ।
परीक्षामा ८ हजार ४ सय ४३ जना परिक्षार्थी सहभागि भएको शिक्षा बिकास तथा समन्वय ईकाई प्रमुख निम प्रकाश सिंह राठौरले जानकारी दिएका छन्।
जसमा छात्रा ४ हजार २ सय ८३ जना र छात्र ४ हजार १ सय ६० रहेका छन। परीक्षामा १ हजार २ सय ४३ जना परिक्षार्थी अनपुस्थित रहेको उनले बताए।
जसमा छात्रा ५ सय १० र छात्र ७ सय ३३ जना अनुपस्थित रहेको उनले बताए।
परीक्षालाई ब्यवस्थित,मर्यादित र शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सहयोग पु-याउनु केन्द्राध्यक्ष,सहायक केन्द्राध्यक्ष,निरीक्षक,अनुगमनकर्ता,सुरक्षाकर्मी,नागरिक समाज,पत्रकार लगायतका सम्पुर्ण सरोकारवालाहरुलाई धन्यबाद ज्ञापन गरेको छ।

