कोल्हवी : धिरेन्द्र पनुहर/ कोल्हवी नगरपालिकाद्वारा संचालित निशुल्क शिक्षक सेवा आयोग तयारी कक्षाको सोमबार समापन भएको छ।
समापन कार्यक्रमलाई सम्बोधन गर्दै कोल्हवी नगरपालिकाका नगर प्रमुख तथा प्रमुख अतिथि रामप्रसाद चौधरीले प्रत्येक वर्ष नगरपालिकाले निशुल्क लोक सेवा तथा शिक्षक सेवाको तयारी कक्षाको व्यवस्था गर्दै आएको बताए।
निशुल्क शिक्षक सेवा तयारी कक्षाको सहयोगले बिद्यार्थीलाइ कोचिङ क्लास गर्न वीरगंज,हेटौडा,काठमाण्डौ जानु नपर्ने वातावरणको सिर्जना भएको उनले जनाए। निशुल्क शिक्षक सेवा तयारी कक्षामा पुरुष भन्दा महिलाको सहभागिता अधिक रहेकोले आफुलाइ धेरै नै खुशी लागेको चौधरीले बताए।
शिक्षामा गुणस्तर ल्याउन यस बर्ष देखि कक्षा ५ को पनि नगर स्तरीय परीक्षा संचालन गरेको उनले बताए। भविष्यमा आयोगबाट नाम निकाली यस पालिकाको नाम निकाल्न अग्रीम शुभकामना समेत उनले व्यक्त गरे।
स्वास्थ्य,शिक्षा,बाटोघाटो,विधुत,बजार विस्तार कृषि सडक लगायतमा परिवर्तन भै रहेको उनले बताए।
बिकास निर्माण कार्यमा सबै मिलि सकारात्मक सोचको साथ अगाडि बढे नगरपालिकामा बिकासको लहर चल्ने उनले बताए। कोल्हबी नगरपालिकाको आर्थिक सहयोगमा सो कोचिङ्ग कक्षा सञ्चालन भएको हो। सो कक्षा दुई महिना दस दिन सम्म शिक्षक सेवाको तयारी कक्षा संचालन भएको हो ।
समापन कार्यक्रममा ५३ जना सहभागी बिद्यार्थीहरुलाइ शिक्षक सेवा आयोगको किताब बितरण गरिएको छ। कार्यक्रममा कोल्हबी नगरपालिका वडा न १ का वडा अध्यक्ष राजहरण चौधरी,सन्जिव तिमल्सिना,प्रमुख प्रशासकीय अधिकृत पितानाथ लुइँटेल लगाएतकाले सो अवसरमा शुभकामना मन्तव्य व्यक्त गरे।
निशुल्क शिक्षक सेवाको तयारी कक्षामा शिक्षकहरु युबराज मैनाली,सन्जिव तिमल्सिना,रन्जित चौधरी,शिव शंकर चौधरी,अजय उप्रेती,लोकनाथ ओलि,यज्ञ आचार्य लगायतकाले प्रशिक्षण दिएका थिए।
कोल्हवी नगरपालिकाकि उपमेयर लक्ष्मी कुमारी चौधरीको सभापतित्वमा सो कार्यक्रम सम्पन्न भएको हो। उक्त कार्यक्रममा २ का वडा अध्यक्ष गोपाल प्रसाद अधिकारी,योजना शाखा प्रमुख देवनारायण चौधरी एवम्र स्थानीय संचारकर्मिहरुको उपस्थिति रहेको थियो।
समापन कार्यक्रमको सहजीकरण सहकारी शाखा प्रमुख एवम प्रशिक्षक लोकनाथ ओलीको थियो।

