वीरगंज : आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले मधेसका संघीय सरकारमा सहभागि नेताहरु लुट,भ्रष्टाचार,अनियमिततामा लागेको गम्भिर आरोप लगाएका छन
पर्साको वीरगंजमा आजपाले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष साहले मधेसवादी दलका नेताहरु सरकारमा भए पनि मधेसका लागि काम नगरेको आरोप लगाएका हुन ।
सरकारमा भएको बेलामा मधेसका लागि केही गर्नु भन्ने उदेश्य उनीहरुको नरहेको उनको भनाई छ । उनले मधेसवादी दलका नेताहरुको दोहोरो चरित्रका कारण मधेस उजाड बन्दै गइरहेको टिप्पणी गरे ।
‘सत्ता बाहिर हुँदा यो भएन,त्यो भएन भन्ने मधेसका ठेकेदारहरु सरकारमै भएर पनि किन मधेसका लागि काम गर्दैनन् ? संघीय सरकार देखी मधेस प्रदेशको सरकारमा उनीहरु छदैछन्, केन्द्रीय अध्यक्ष साहले प्रतिप्रश्न गरेका छन ।
उनले मधेसी नेता संघीय सरकारमा छन्,तर उनीहरुले वीरगंज सहित मधेसका लागि के गरे ?’ भन्दै वीरगञ्जका सांसदहरुलाई प्रश्न तेर्साएका छन ।
यस्तै मधेस प्रदेश सरकारले समेत मधेसका लागि केही गर्न नसकेको उनले बताए । विभिन्न बहाना बनाएर सत्तामा टाँसिरहने र सत्ताबाट हटेपछि यो भएन,त्यो भएन भन्दै यिनीहरु नाटक गर्न मात्रै जानेको उनले बताए ।
अर्को प्रशंगमा बोल्दै अध्यक्ष साहले ठुला नेताहरुको लुटतन्त्रकै कारण तेस्रो जनआन्दोलन आवश्यक रहेको समेत बताएका छन । आम जनताको शासन व्यवस्थाका लागि तेस्रो जनआन्दोलन गर्ने र सफल बनाउनुपर्ने भन्दै उनले सवैमा आवहन गरेका छन ।
आजपाले लुटकारी दलतन्त्र बिरुद्ध २४ चैतमा काठमाडौंमा आयोना गर्न लागेको तेस्रो जनआन्दोलनमा सहभागिताका लागि आह्वान समेत गरेका छन ।
उनेले यो सरकार र संविधान दुबै असफल भईसकेको बताउदै उनले वर्तमान व्यवस्थाको अन्त्य नै मुलुकमा देखिएको संकटको समाधान भएको बताए ।
जनताको सर्वोच्चता सहितको शासन व्यवस्था नभएसम्म मुलुक समृद्ध हुन नसकेको अध्यक्ष साहको भनाई थियो ।


