ज्ञानदा एकेडेमी मधेश प्रदेशमै उत्कृष्ट पूर्वाधार र शैक्षिक गुणस्तर छ –कोईराला

राजेश कुशवाहा
379 पाठक संख्या

कलैया : वीरगञ्जस्थित ज्ञानदा एकेडेमीका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रप्रसाद कोइरालाले आफ्नो एकेडेमी मधेश प्रदेशमै उत्कृष्ट पूर्वाधार र शैक्षिक गुणस्तर रहेको बताएका छन्।

बाराको सदरमुकाम कलैयास्थित बरेवा दरबार होटलमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा कोईरालाले यस्तो बताएका हुन्। १४ बर्ष पुरानो यो एकेडेमी ५ बिघा परिसरमा फैलिएको छ।

यस एकेडेमीले नर्सरी देखि कक्षा १२ सम्मको पठन पाठन गरिरहेको उनले जानकारी दिए । हाल एकेडेमीमा करीब एक हजार २ सय विद्यार्थी अध्ययनरत रहेको उनले बताए। उनले केवल अध्ययन अध्यापन मात्र नभई खेलकुद,स्विमिङ,संगित आदि अतिरिक्त क्रियाकलापलाई पनि विद्यालयमा उतिक्कै प्राथमिकता दिइएको उनले दाबी गरे।

भारतको दार्जिलिङ,दिल्ली,मुम्बई,पुना, देहरादुनका चर्चित विद्यालय तथा कलेजहरुको गुणस्तरको शिक्षा वीरगञ्जमा एकेडेमीले उपलब्ध गराई रहेको उनले बताए। दुई बर्षदेखि संस्कृत बिषयको पनि अध्यापन भइरहेको छ। विद्यालयमा अनुशासनलाई पनि उतिक्कै प्राथमिकता दिइएको उनले जानकारी दिए।

ज्ञानदा एकेडेमीमा नर्सरी देखि कक्षा १० सम्मको अध्ययन शुल्क अत्यन्त महगो रहेको भनि लाग्ने गरेको आरोप गलत रहेको उनले बताए। वीरगञ्जकै अन्य संस्थागत विद्यालय भन्दा ज्ञानदा एकेडेमीको शुल्क कमनै रहेको उनको दाबी रहेको थियो । कक्षा ११ र १२ को शुल्क पनि वीरगञ्जका अन्य कलेज भन्दा कमनै रहेको छ उनले भने।

एकेडेमीमा कक्षा ११ र १२ मा हाल विज्ञान,वाणिज्य र कानून संकायको अध्यापन हुने गरेको छ। आउँदो शैक्षिक सत्र देखि विद्यालयमा स्नातक तहको इन्ट्रिगेटेड म्यानेजमेन्ट प्रोगाम पनि सन्चालन गर्न लागेको उनले जनाए ।

उक्त कार्यक्रममा बोल्दै पत्रकार महासंघ बाराका अध्यक्ष रमेश सुवेदीले ज्ञानदा एकेडेमीले पत्रकार सम्मेलन मार्फत आफ्नो शैक्षिक गतिविधि र अतिरिक्त क्रियाकलापहरु बारे जानकारी दिएर एकेडेमीको बारे रहेको भ्रमहरु चिर्ने काम गरेको बताए। पत्रकार सम्मेलनका सञ्चालन पत्रकार शंकर आचार्यको रहेको थियो।

Leave a review